बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

राप्रपाका अध्यक्ष कमल थापाले संसद् पूनःस्थापना भए केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् ।

तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको पनि थापाले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्-“चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepalको पक्ष लियो भन्छन।

तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”

यो पनि, कोरोना भाइरसको बढ्दो संक्रमण र क्रियाशील सदस्यताका टुंगो लाग्न नसक्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ। कांग्रेसले संवैधानिक सहारा लिँदै भदौ पहिलो साता काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना भाइरसको दोस्रो लहर बढेसँगै अन्योल सिर्जना भएको हो।

कोरोना संक्रमण तीव्र बनेपछि कांग्रेसले यसअघि सार्वजनिक गरेको महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएको छ। महाधिवेशनको पूर्वाधारकारूपमा रहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि अझै सकिएको छैन।

एकमात्र निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी र अन्य केही जिल्लाले मात्र अहिलेसम्म सदस्यता नवीकरण वितरणको काम पूरा गरेका छन्। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएका प्रदेश दुईका आठवटै जिल्लामा सदस्यता वितरणको काम विवादका कारण अघि बढ्न सकेको छैन। अपवादकारूपमा केही निर्वाचन क्षेत्रबाहेक आठवटै जिल्लामा सदस्यता वितरणमा विवाद छ।

बाँके, रूपन्देहीसहितका जिल्लामा पनि सदस्यता विवाद सुल्झन सकेको छैन। सिन्धुपाल्चोकमा पनि विवादका कारण सदस्यता वितरण सुरु भएको छैन। अहिलेसम्म नयाँ र नवीकरण गरी ७ लाख ५५ हजारको सदस्यता इन्ट्री भए पनि अझै दुई लाख बढी सदस्यता नवीकरण र नयाँ वितरण हुन बाँकी रहेको सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेको अनुमान छ। ‘साढे आठदेखि नौ लाख सदस्यता पुग्न सक्छ अझै केही समय दिने हो भने,’ घिमिरेले भने, ‘प्राप्तमध्ये साढे चार लाख सदस्यतामा विवाद छैन।

डेढ– दुई लाख सदस्यताका विषयमा प्रश्न उठेको छ।’ प्रश्न उठेसहित सबै सदस्यताको टुंगो कसरी लगाउने भन्ने विषयमा रमेश लेखकको नेतृत्वमा गठन भएको छानबिन समितिको बैठक शुक्रबार दिउँसो बस्दैछ। त्यसले कार्यविधि निर्माण गर्ने तयारी गरेको छ।
रिपोटर्स नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय