शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नौ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिवर्तन गरेर मधु भट्टराईसँग विवाह गरेका महानायक राजेश हमालको आज सातौँ वैवाहित वर्षगाँठ हो । २८ वर्षीया मधुलाई ४९ वर्षका महानायकले श्रीमतिका रुपमा २०७० साल जेठ १० गते विवाह गरेका थिए ।

विराटनगर स्थायी घर भई राजधानीको बाँसबारीमा बस्दै आएकी मधुलाई हमालले पहिलो पटक हयात रिजेन्सीमा भेटेका थिए । गुपचुप प्रेम चक्कर चलाइरहेका हमालले त्यसको छ नक मिडियालाई पनि दिएका थिएनन् । केही महिनाअघि मात्रै हमाल प्रेममा रहेको ह ल्ला सँगै मधुको परिचय खुलेपछि उनले गतसाता औपचारिक रूपमा त्यसलाई स्वीकार गरेका हुन् ।

लाजिम्पाटस्थित शंकर होटलमा उनले स्वर्गीय आमाका गहना सेट मधुका लागि उपहार दिँदै बिहेको प्रस्ताव राखेका थिए । मधुले ढिलो नगरी मुस्कानसहित त्यसलाई स्वीकार गरेकी थिइन् ।

शनिबार मधुलाई आफ्नो बनाउन हमाल नेपाली पोसाक दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएर दरबारमार्गस्थित अन्नपूर्ण होटल पुगेका थिए । मिडियालाई समेत रोक लगाइएको वैवाहिक समारोह सकिएपछि मात्रै फोटोका लागि खुला गरिएको थियो ।

त्यस समय दुवैको अनुहारमा सन्तुष्टि झल्किएको थियो । आफूभन्दा कम्तीमा २२ वर्ष कान्छी मधुलाई राजेशले हिन्दु परम्पराअनुसार बिहे गरेका हुन् । सुटुक्क बिहे गरेका हमालले आफ्ना आफन्त र साथीभाइलाई भने १४ गते पार्टी दिने भएका छन् ।

त्यसको दुई दिनपछि नै उनी १५ दिनका लागि अस्टे्रलिया उड्ने छन् । तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका हमालले ‘युगदेखि युगसम्म’ बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको पछिल्लो फिल्म ‘हँसि या’ गत शुक्रबारदेखि लागिरहेको छ ।

सन् २००४ मा भएको लक्स ब्युटी स्टारमा मधु सहभागी हुँदा त्यसको निर्णायकमध्ये राजेश पनि थिए । मोडलिङमा करिअर बनाउँदै गरेकी मधु राजेशसँगको सम्बन्ध विस्तारसँगै रंगीन दुनियाँबाट टाढिएकी थिइन् ।

हमालले बिहेपछि पनि पत्नीलाई घरव्यवहारमा सीमित राख्ने बताएका छन् । मधुले पनि आफ्नो इच्छा सोही रहेको बताइन् ।अन्तत राजेश हमालले विहे गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।

भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो । बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए ।

हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको छ । व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक नपर्ने बताउने महानायक हमाल विवाहका बारेमा आममानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्याय गर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे । सान्तीवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय