शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

सलमान खान र साहरुख खानको नेपाली फिल्म सार्वजनिक भएको छ । उनीहरुको वास्तविक फिल्म नभएपनि डब फिल्म हो । मनोरञ्जनकालागि हेरौँ है त भिडियो । उक्त भिडियो घण्टाहोम प्रोडक्सनले बनाएको हो ।

प्रोडक्सनले विगतमा पनि यस्तै कमेडि भिडियोहरु बनाउने गरेको थियो । बलिउड अभिनेता शाहरुख खानले ‘जीरो’ फिल्म फ्लप भएपछि हालसम्म कुनै पनि फिल्म साइन गरेका छैनन् ।

त्यसो त केही दिनअघि के खबर सार्वजनिक भएको थियो भने अब उनी फरहान अख्तरको ‘डन–३’ मा देखिने छन्, तर पछि उक्त कुरा हल्लामै सीमित भयो । त्यस्तै हल्लाका कारण शाहरुखले हालै मात्र एउटा ट्वीट गरेका छन् ।

शाहरुखले ट्वीटरमा लेखेका छन्, ‘मलाई के कुरा थाहा पाउँदा खुशी लाग्छ भने मेरो अनुपस्थितिमा अथवा मेरो ढाड पछाडि, मैले सधैं गोप्य रुपमा फिल्महरु साइन गरिरहेको हुन्छु, जसको बारेमा स्वयं मलाई नै थाहा हुँदैन ।

केटा–केटीहरु, म जब फिल्म गर्दै हुन्छु, त्यो बेला म नढाँटी यस्तो फिल्म गर्दैछु‘भनेर जानकारी गराउँछ । यसबाहेक यी बाँकी सबै कुराहरु हल्लामात्र हुन् ।’ त्यसअघिको ट्वीटमा शाहरुखले भारतीय अन्तरीक्ष अन्वेषण संस्था (इसरो)ले प्रक्षेपण गरेको चन्द्रयान–२ का बारेमा आफ्नो प्रतिक्रिया दिएका थिए । शाहरुखले इसरोलाई हौसला मिल्ने धारणा व्यक्त गरेका थिए ।

उनले लेखेका थिए, ‘कैयौं पटक हामी त्यो लक्ष्यसम्म पुग्न सक्दैनौं, जहाँ हामी पुग्न चाहन्छौं । महत्वपूर्ण कुरा के छ भने हामीले कोशिस त ग¥यौं, र हामीले भरोसा र आशालाई कायम राख्यौं । मलाई इसरोप्रति गर्व छ ।’

गत साउन ६ गते इसरोले चन्द्रमाको सतहमा प्रक्षेपण गरेको चन्द्रयान–२ गत शनिबार सम्पर्कविहीन भएको थियो । यसबाट सिंगो भारतबासीलाई दुःखी तुल्याएको छ । चन्द्रयान–२ असफल भएपछि रोएका इसरोका अध्यक्षलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर धाप मारेको भिडियो अहिले भाइरल भइरहेको छ । सान्तीवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय