काठमाडौं ।

केहि दिन अगाडि नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा भिडियो सार्वजनिक भयो । सार्वजनिक भिडियोमा अनमोल र सामाज्ञ्री स्कुटिमा देखिन्छन् । वास्तवमा यो दृश्य एक फिल्मको हो ।

त्यसैगरि, तस्बिरमा आर्यनको घाटीमा गितारको ट्याटु देखिएको थियो । आर्यनले उक्त ट्याटु चलचित्र ‘कायरा’का लागि बनाएका थिए । आर्यनको सो ट्याटु सार्वजनिक भएसँगै उनी चलचित्रमा सांगीतिक क्षेत्रमा लागेको एक कलाकर्मीको भूमिकामा रहेको वुझन् सकिन्थ्यो ।

त्यसको केहि दिनमै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भएको छ । साम्राज्ञीले इन्स्ट्राग्राममा पोष्ट गरेको उक्त तस्बिर अहिले हटाएकी छिन् ।

साम्राज्ञीले यो तस्बिरमा ट्याटु शो गरेकी छिन् । उनको यो ट्याटु पनि चलचित्रका लागि बनाइएको हो भन्ने अड्कल लगाउन सकिन्छ । साम्राज्ञीले खोपेको ट्याटुमा केहि कुरा लेखिएको छ । तर, तस्बिरमा उक्त लेखिएको कुरा के थियो भन्ने वुझ्न गाह्रो नै पर्छ । लक्ष्मण रिजालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘कायरा’को हाल फिलिपिन्समा छायांकन भैरहेको छ ।

चलचित्र ‘तिमी सँग’को निर्माणपक्ष बारम्बार प्रदर्शन मिति सार्न वाध्य भयो । अब, भने यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । चलचित्रको ट्रेलर काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

शिशिर राणाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ ।

सुनिल बी.के यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् । चलचित्रमा शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा छ । सुशिल उप्रेतीको छायांकन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ । शिशिर राणाले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रको ट्रेलरले ३ अपरिचित पात्रको भेट, प्रेम, विछोड, आकर्षणको कथालाई देखाएको छ । विदेशबाट नेपाल आएकी एक यूवती र उनीसँग भेट भएका २ यूवाको रोमान्चक प्रेमकथालाई चलचित्रले प्रस्तुत गरेको ट्रेलरबाट वुझ्न सकिन्छ ।

चलचित्रमा आकाश रोमान्टिक र गम्भिर भूमिकामा देखिएका छन् भने नाजिर केहि कमेडी स्वभावको देखिएका छन् । यो बर्ष साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ हिट भयो ।

यसैले, पनि यो चलचित्रको इनिसियल व्यापारमा उनको स्टारडम बढी भर पर्नेछ । चलचित्रको ट्रेलरले दर्शकलाई हलसम्म तान्न सक्छ । सान्तीवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय