शुक्रबार , चैत्र १६, २०८०

काठमाडाैँ – धेरैलाई हामीले सधै फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनशैली कस्तो होला भनेर जिज्ञासा लाग्न सक्छ । नेपाली सिनेमा क्षेत्रका नायक नायिकाहरू प्राय सबैले गाडीचढेर हिँड्ने गर्छन् । फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ, अहिले ।

पछिल्लो समय आफ्नै कार नभएका हिरो–हिरोइन, गायक–गायिका तथा मोडल भेट्न गाह्रो पर्छ । फिल्म, मोडलिङ, विदेश प्रोग्राम, स्वेदश प्रोग्राम तथा म्युजिक भिडियोबाट समेत मनग्गे आम्दानी हुने भएकाले अलिकति चलायमान कलाकारलाई महँगो जीवनशैली व्यतित गर्न असहज छैन । आउनुहोस् आज हामि चर्चित महिला कलाकारहरु कस्तो गाडी चड्छन भनेर हजुरहरुलाई बताउने छौँ ।

पूजा शर्मा :–सिनेमा ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेकी अभिनेत्री पूजा शर्मा यतिबेला सिनेमा ‘रामकहानी’को छायाकंन सकेर पोष्ट प्रोडक्शनको काममा छिन् । पूजाले इको स्पोट नामक कार चढ्दै आएकी छिन् । पूजाको यो कारको मूल्य ३४ लाख पर्छ । उनी आफैले यो कार चलाउँछिन् पनि ।

प्रियंका कार्की :– प्रियंका कार्की दर्शकहरुले एकदमै रुचाएइकी अभिनेत्री हुन् । उनि साढे तेत्तीस लाख मूल्य बराबरको टाटाको जेस्ट र असी लाख भन्दा धेरै मूल्य पर्ने हुन्डाईको टक्सन गाडी चढ्छिन । उनि विशेष काम पर्दा मात्र टक्सन गाडीमा हिड्ने गर्छिन ।

वर्षा शिवाकोटी :– सुरुमा उनी ग्रान्ड आइटेन कुदाउँथिन् । हाल उनी इको स्पोर्टस् चलाउँछिन् ।अर्की चर्चित हिरोइन वर्षा सिवाकोटी पनि कारधनी भएकी छिन् । उनले झन्डै एक महिनाअघि होन्डा सिटी कार किनेकी हुन् । कार किन्नुअघि उनी स्कुटरमा कुद्ने गर्थिन् । सहज जीवनशैली अपनाउन कार किनेको उनी बताउँछिन् । यो कारको मूल्य ५३ लाख भन्दा माथि पर्छ।

रेखा थापा :– कुनै समयकी चर्चित नायिका रेखा थापा पनि गाडीहरु फेरी फेरि चढ्ने कलाकार हुन् । अहिले उनि ५९ लाख मूल्य पर्ने डाइसात्सुको तेरियस गाडी चढ़छिन । समयको ब्यस्तताले गर्दा पनि गाडी आवश्यक पर्ने भएकोले धेरै कलाकारहरुले गाडी लिगेका छन् ।

झरना थापा :– अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाले आफैँ कार चलाउन थालेको त झन्डै डेढ दशक पुग्न लाग्यो । सुरुमा टोयटा कार कुदाउने गरेकी उनले त्यसपछि पेरेडुवा चढिन् । वेलावेलामा गाडी फेरिरहन मन लाग्छ, उनले अहिलेसम्म कति गाडी फेरें भन्ने हेक्का नभएको बताउँछिन् । झरना पछिल्लो समय टेरियस चढ्छिन् ।

शिल्पा पोखरेल :– अभिनेत्री शिल्पापोखरेलले गएको वर्ष मात्रै कार किनेकी छिन् । उनले भक्स वागेनको पोलो १।१ किनेकी छन् जसको नेपाली बजार मूल्य ३३ लाख पर्छ । शिल्पाले पनि आफ्नै कमाईले यो कार किनेकी हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा आएकी शिल्पा सिनेमा ‘मंगलम’बाट त निर्मात्री पनि बनेकी छिन् । उनको यो सिनेमाले सफलता पनि पायो । जसले उनलाई सिनेमामा अभिनयसँगै निर्माणका लागि थप हौसला पनि मिलेको छ ।

करिश्मा मानन्धर:- अभिनेत्री करिश्मा मानन्धर निसानको किक गाडी चढ्छिन् । उनले यो गाडी १ वर्ष पहिले खरिद गरेकी हुन् । ड्राइभिङमा सौखिन रहेकी मानन्धरले यो गाडी किनेपछि काठमाडौंदेखि पोखरासम्मको लामो यात्रा गरेकी छिन् । उनले यसअघि हुन्डाई आइ टेन र हुन्डाई आइ ट्वान्टी चढेकी थिइन् । अहिले चढिरहेको किकको लुक्स, लक्जरियस, भित्री डेकोरेसन मनपर्ने उनी बताउँछिन् । साथै, उनको बसाई गोदावरी भएकाले बाटोका कारण पनि किक सहज भएको उनको अनुभव छ । यसको मूल्य ४८ लाख भन्दा बढी पर्छ ।

दिपाश्री निरौला :– निर्देशक तथा कलाकार दीपाश्री निरौलाले गएको वर्ष मात्रै हुन्डाईको आई ट्वेन्टी एक्टिभ किनेकी छिन् । ‘छक्का पञ्जा’को सफलतापछि दीपाश्री निरौलालाई टिमले उपहारस्वरुप यो कार दिएको थियो । दीपाले किनेको हुन्डाईको आई ट्वेन्टी एक्टिभलाई ४० देखि ४२ लाख पर्छ । यस अघि दीपा सिल्भर कलरको सेन्ट्रो चढ्दै आएकी थिइन् । यतिबेला उनी सिनेमा‘छक्का पञ्जा ३’को छायाकंनमा छिन् ।

कोमल वली :– कुनै बेलाको चर्चित समाचार वाचिका देखि गायिका नायिका र अहिले राजनीतिमा समेत सक्रिय कलाकार हुन् कोमल ओली | ओलीसँग ४ वर्षअघि खरिद गरिएको हुन्डाईको i-10 (Hyundai i-10) कार छ । अहिले यो गाडीको मूल्य ३० लाख भन्दा माथी पर्छ ।

एलिजा गौतम:- पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी अभिनेत्री तथा मोडल एलिजा गौतम यतिबेला सुजुकीको ब्रेजा गाडी चढ्छिन् । यो गाडी उनको बुबाले किनिदिएका हुन् । अहिले यो गाडीको मूल्य ४१ लाख भन्दा माथी छ । ब्रेजाको पिकअप, हाइट, लुक्स राम्रो लाग्ने उनी बताउँछिन् । गाडी किनेपछि पोखरासम्म लामो यात्रा गरेको उनले सुनाइन् । सान्तीवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय