
“काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन्।
बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी, लिम्पियाधुरा र लिपुलेकका जनताले आगामी निर्वाचनमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् ? भनी प्रश्न सोधेका थिए।”
“उक्त प्रश्नको जवाफमा ओलीले ५८ वर्षदेखि उक्त क्षेत्र भारतले नियन्त्रणमा राखिरहेको भन्दै जबसम्म भारतले छाड्दैन तबसम्म त्यहाँ नेपालका तर्फबाट मतदान सम्भव नभएको जवाफ दिए।”
“उनले यो विषयलाई अतिरञ्जिन नबनाउन समेत आग्रह गरेका थिए। पत्रकार सम्मेलनमा ओलीले कालापानीको समस्या कुटनीतिक माध्यमले समाधान गर्न लागिरहेको समेत बताए। उनले उक्त भूमि नेपालकै रहेकोमा प्रष्ट रहेको समेत बताए।”
“ओलीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको अवस्थाबारे जानकारी दिएका दिएका थिए। ओलीले चुनाव घोषणाको बचाऊ गरे। उनले मिडियामा पूर्वाग्रही खबर आइरहेको आरोप समेत लगाए।”
मेचीमहाकालीवाट