बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

रुमाल आकारको चटक मिलेको दस बि’घाको कम्पाउन्ड। भित्र पस्दा निलोजस्ता पाताले छाएका आकर्षक घरहरू। घरनजिकै हरिया घाँसपातले झनै आकर्षक छ। दैलोमा फूलहरू फुलका छन्। फूलको मगमग आउने बासनाले त्यहाँ पुग्ने जो कोहीलाई मो’हि’त बनाउँछ। दैलोभित्र पस्दा गा’ईका बथान छन्। गाई बाँ बाँ गरिरहेका छन्।

गाईको बथानमा बाछाबाछीहरू पनि छन्। गाईको स्या’हा’रसु’सा’रमा दुई दर्जन मानिस व्यस्त छन्। कोही गोबर सोहोर्दै छन् त कोही गाईलाई पोसिलो आहार खुवाउँदै छन् अनि कोही गाई दुहुँदै छन्।

महोत्तरीको गौशाला–३ नवराजपुरस्थित निगौल गाई गौशालाको गोठमा पुग्दा कुनै निजी गाई फर्मजस्तो देखिन्छ तर त्यसो होइन। गाईको बथानलाई संरक्षण गर्न नेपाल सरकारको मातहतमा रहेको राष्ट्रिय सहकारी बोर्डले गाईपालनको काम गरिरहेको छ। जहाँ १ सय ५८ वटा उन्नत जातका गाई, बाछा, बाछी, साँढे पालिएका छन्।

गाईले दैनिक १ सय ५० लिटर दुध दिन्छन्। स्थानीयहरूले गोठबाटै प्रतिलिटर ६० रुपैयाँमा दुध किनेर लैजान्छन्। गौशाला–५ मा पुरानो अर्को गाई गोठ पनि छ। ९५ वर्ष पुरानो गोठमा १ सय ५० बढी गाई, बाछा, बाछी रैथाने जातका छन्।

गौशाला भौतिक रूपमा सम्पन्न बन्दै गरेको छ। संरचना निर्माणका लागि सरकारकै तर्फबाट करोडौंको लगानी भएको छ। गाईका लागि पौष्टिक आहारको खेती गर्न, चरण क्षेत्र, गाई गोठ, आँप बगैंचा, पोखरी गरी १ सय ५७ बिघा जग्गा छ। जुन अर्बौंको सम्पत्ति हो।

गाईपालनबाटै गाउँमा रोजगारी सिर्जना गर्ने, देशवासीलाई पौष्टिक तत्त्वका लागि शुद्ध गाईको दुध वितरण गर्ने योजनाका साथ काम भइरहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख तथा पशु चिकित्सक दिपेन्द्र पण्डित बताउँछन्। ‘गाईको प्रजनन् केन्द्रको रूपमा विकास गर्ने अबको योजना छ’, उनी भन्छन्। गाई बहुउपयोगी घरपालुवा जनावर हो। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।

गाईलाई लक्ष्मीको रूपमा मान्छन् र तिहारमा धुमधामले पूजा गर्छन्। गाईले साँझ बिहान दिने दुध एक प्रकारको प्रसाद नै हो। दुधले हाम्रो स्वास्थ्यमा चौतर्फी फाइदा पुर्‍याउँछ ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय