बुधबार , बैसाख १२, २०८१

काठमाडौं । यो दुनियाँमा अनेक अनेक मानिसहरु पाइन्छन् । यो भिडमा भारतको दक्षिणी राज्य तामिलनाडुमा जे भयो त्यसले सबैलाई हैरान बनाएको छ ।

त्यहाँको कोयम्बटोरमा ‘कोरोना देवी’ का दुईवटा मूर्ति बनाएर पूजा गरिएको हो । कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति बनाएर दैनिक पुजारीले पूजा गर्न थालेका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३ लाख १८ हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने २ करोड ७५ लाख भन्दा धेरै संक्रमित बनेका छन् ।

तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द छ । तर, सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्को ढुंगाबाट बनाइएका ‘कोरोना देवी’ का मूर्तिलाई पूजा गर्दै आएका छन् । उनका अनुसार यसरी पूजा गर्दा कोरोना महामारी चाँडै सकिनेछ ।

पूजा गर्दा विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाउने गरिएको छ । मन्दिरमा दर्शन गर्न आउँनेकोपनि घुईचो बढेको छ । यो देख्दा समेत प्रशासन मौन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय