शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

कोरोना महामारीको पहिलो लहरमा विपन्न, मजदुरलगायतलाई राहत वितरण गर्न तीनै तहका सरकार अग्रसर भए। तर, यसपटक निषेधाज्ञा जारी गरिए पनि राहत वितरणतर्फ ध्यान गएको छैन। यस्तो भयावह अवस्थामा केही ‘कलिला’ समाजसेवी सक्रिय बनेका छन्। जो आफ्नो ‘पकेट मनी’ बचाएर भोकालाई खाना खुवाउन, स्वास्थ्य सामग्री वितरण गर्न लागिपरेका हुन्।”

“१९ वर्षीय कैयुम राइन यस्तै कार्यमा २५ दिनदेखि निकै व्यस्त छन्। जसले आफ्नै उमेर समूहका १५ जनालाई संगठित गरी महामारी नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका छन्। २५ वर्षमुनि उमेर समूहका यी युवा प्रादेशिक अस्पताल जनकपुरसहित विभिन्न निजी अस्पतालहरूमा कोरोनाका बिरामी र तिनका कुरुवालाई खाना उपलब्ध गराउन खटिएका छन्।”

“मनीषा साहलाई बिहान–बेलुका कुन अस्पतालमा के कति खाना उपलब्ध गराउने भन्ने बन्दोबस्त मिलाउन भ्याई नभ्याई हुन्छ। ‘कहिले कतै खाना उपलब्ध गराउन त कहिले कतै मास्क र स्यानिटाइजर उपलब्ध गराउन दौडिराखेका हुन्छौं’, साह भन्छिन्, ‘हामी आफ्नो तर्फबाट सानो भए पनि सहयोग सबैलाई गरौं भनेर लागेका छौं।’”

“कोरोना भाइरस समुदायस्तरमा फैलिँदै गएपछि घर–घरमा बिरामी बढ्न थाले। बिरामीलाई अस्पताल लैजानुपरे कुरुवा चाहियो। महामारीका बेला कुरुवा र बिरामीलाई पोषिलो खानाको आवश्यकता ठानेर युवाहरूले खल्तीबाट सय–२ सय रुपैयाँका दरले रकम जम्मा गरी खानाको बन्दोबस्त मिलाउन थालेका हुन्।”

‘अस्पतालमा बिरामीहरूले खाना नपाएको, कतिपयले स्वास्थ्य सामग्री नपाएको सुन्दा हाम्रो मन दुख्थ्यो’, समितिका अक्षय अधिकारी भन्छन्, ‘हामी सबैले मिलेर व्यक्तिगत रूपमै केही फन्ड जम्मा गर्‍यौं। खाना प्याकिङ गरी रिक्सामा हालेर अस्पतालहरूमा पुर्‍याउन थाल्यौं।’”

“एम्बुलेन्स चालकहरूको नम्बर लिई कुनै बिरामीलाई अप्ठ्यारो पर्दा एम्बुलेन्स उपलब्ध गराउन समन्वय गर्ने कामसमेत गर्दै आएको अधिकारी सुनाउँछन्। खानाका साथै बेला बेला रक्तदान कार्यक्रम आयोजना गरी रगत दान गराउने बन्दोबस्त पनि मिलाउँदै आएको उनको भनाइ छ। ”

“उनीहरूले गाउँबस्तीमा गएर मास्क र स्यानिटाईजर बाँड्ने काम पनि गर्दै आएका छन्। स्वास्थ्य सामग्रीको प्रयोग तथा महामारीका बेला त्यसको उपयोगिताबारे जनचेतना फैलाउने काम पनि उनीहरूले गरिरहेका छन्।”

“हामीले विद्यालयमा पढ्दा वा कलेजमा जहिले पनि एकअर्कालाई सहयोग गर्नुपर्छ भनेर सुन्यौ र सिक्यौं’, मनीषा भन्छिन्, ‘अहिले आएर पढे र सिकेका कुरालाई व्यवहारमा लागू गर्ने बेला आएको छ। ;

“सामाजिक कार्यको सराहना गर्दै केही संघ¬–संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको आकाश साह सुनाउँछन्। ‘हामीले समितिमा आएको सहयोगहरूलाई आवश्यक संस्था र व्यक्तिहरूसम्म पुर्‍याउने काम पनि गरिरहेका छौं’, साह भन्छन्, ‘सञ्चारकर्मी, शव व्यवस्थापनमा लागेका युवा समूह र अन्य समाजसेवी संस्थाहरूलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छौं।”

मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय