शुक्रबार , बैसाख ७, २०८१

एजेन्सी ।

बलिउड अभिनेता संजय दत्तका शुभचिन्तकहरु विश्वभर रहेका छन् । संजय दत्त प्रायः सामाजिक सञ्जालमा पोस्ट गरेर फ्यानहरुसँग जोडिदै आएका छन् ।

आज संजय दत्तले ट्विट गर्दै संयुक्त राज्य एमिरेट्स (युएई)को गोल्डेन भिजा पाएको जानकारी दिएका छन् ।

एजेन्सीको अनुसार संजय युएईको गोल्डेन भिजा पाउने बलिउडका पहिलो व्यक्ति हुन् । गोल्डेन भिजा पाएपछि उनले युएईका अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

संजयलले आफ्नो युएईको राहदानी सहितको एउटा फोटो र अर्को मेजर जनरल मोहम्मद अल मा’रीको साथमा भएको तस्वीर शेयर गरेका छन् ।

पछिल्लो पटक संजय दत्त फिल्म ’पानीपत’ मा देखा परेका थिए । अब उनी चाँडै केजीएफः च्याप्टर २, शमेरेशा, भुजः द प्राइड अफ इन्डिया र पृथ्वीराजमा देखा पर्दैछन् ।

रिपोटर्स नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय