मंगलबार , बैसाख ११, २०८१

“काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग रुष्ट बनेका छन् । सरकारको कामको प्रचार सही तवरले गर्न नसकेको र आफूले पछिल्लो समय चालेको कदमको बचाउ गर्न नसकेकोमा प्रधानमन्त्री ओली आफ्नै क्याविनेटका मन्त्रीहरुसँग रुष्ट रहेको पाईएको छ ।”

“पछिल्लो समय आफूले बाध्य भएर संवैधानिक रुपमै प्रतिनिधिसभाको विघटन गरेर चुनावको नयाँ मिति घोषणा गरेको तर आफ्नै मन्त्रीहरुले उक्त निर्णयको बचाउ गर्न त्यतिा ध्यान नदिएको उनको गुनासो छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब सरकारको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित गर्दै चुनावको तयारीमा जुट्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।”

“तर, संसद् विघटन र चुनावको मिति घोषणा गरेको कदमको अहिले चौतर्फी प्रहार र आलोचना भैरहेको छ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेबाट निश्काषनमा परेका माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले गठबन्धन बनाएर नै प्रधानमन्त्रीको उक्त कदमको विरोध गरिरहेका छन् ।”

“उनीहरुले संसद् विघटनविरुद्ध कानूनी र राजनैतिक लडाई पनि सुरु गरेका छन् । सर्वोच्च अदालतमा १४६ जना सांसद शरिर उपस्थित् भएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियोस भनेर परमादेशको पनि माग गरेका छन् । नागरिक समाज, बुद्धिजिवी, कानूनविद्, संविधानविद् सबैले प्रधानमन्त्रीको कदमको सार्वजनिक रुपमै आलोचना गरेका छन् । मूलधारका मिडियाले पनि प्रधानमन्त्रीको कदमको विरोध गरेका छन् ।”

“आफ्नो कदमलाई लिएर यत्रो प्रहार र विरोध हुँदापनि मन्त्रीहरुले त्यसको प्रतिवाद गर्न नसकेको ओलीको बुझाई छ । संसद् विघटन गर्ने कदमको मात्रै सरकारले गरेका विकाससम्बन्धी राम्रा कामको समेत मन्त्रीहरुले प्रचार गर्न नसकेको प्रधानमन्त्रीको बुझाई छ । मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय