बुधबार , बैसाख १२, २०८१

“काठमाडौ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष त्रयले सत्ता स्वार्थका लागि सरकारले नागरिकता विधेयक अध्यादेशमार्फत जारी गरेकोप्रति आपत्ति जनाएका छन्।”

“प्रत्येक नेपालीले सहज र सरल नागरिकता पाउनुपर्ने भन्दै राप्रपाले विदेशीले नेपाली नागरिकता पाउनु नहुनेमा जोड दिएको छ। राप्रपा अध्यक्ष पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन्।”

‘नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेकोमा राप्रपाको गं भी र ध्यान आकर्षित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक नेपालीले सहज र सरल रूपमा नागरिकताको प्रमाणपत्र पाउनुपर्छ। कुनै पनि नेपालीलाई नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित गरिनु हुँदैन र कुनै पनि विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने राप्रपाको दृढ मान्यता रहेको छ।’

“नागरिकता विधेयकलाई अध्यादेशबाट ल्याउनु सरकारको बदनीयपूर्ण कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘संसदमा विश्वासको मत लिन नसकेर प्रतिनिधिसभा विघटन गर्ने, विघटनको दुई दिन नपुग्दै संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयकलाई अध्यादेशको रूपमा जारी गर्नु सरकारको बदनियतपूणर् कार्य हो’, विज्ञप्तिमा थप भनिएको छ।”

“अध्यादेश जारी गर्दा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकका सम्वन्धमा पेश गरेको संशोधन र सुझावलाई उपेक्षा गर्नुले पनि सरकारको बदनीयत भएको राप्रपाले जनाएको छ।”

‘नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका नागरिकता सम्बन्धि प्रावधानलाई संघीय कानुन बमोजिम कार्यान्वयन गर्नुपर्ने संविधानले नै बाध्यकारी व्यवस्था गरेको छ। यस सम्बन्धि सर्वोच्च अदालतको आदेश पनि त्यही हो। तर, कानुन बनाउन अवरोध खडा गर्ने सरकारले अहिले अध्यादेश जारी गरेको छ। यो कार्य संविधानको भावना र सर्वोच्च अदालतको आदेश विपरीत छ। अध्यादेशले संघीय कानुन सरहको मान्यता र हैसियत राख्दैन’, विज्ञप्तिमा थप भनिएको छ, ‘विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रियहित विपरित प्रावधान राखेर जारी भएको अध्यादेश बारे पुनर्विचार गर्न सरकारसँग राप्रपा आग्रह गर्दछ” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय