बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेको घरमा नेपाली काँग्रेसले डकैती हानेको आरोप लगाएका छन् । उनले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हु भन्ने गरेको भन्दै प्रश्न गरे ।”

“आज ट्वीट गर्दै बाँस्कोटाले प्रश्न गरेका छन्, एमालेको घरमा काँग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन् भन्ने ? काँग्रेसमाथि निर्दलीयताको पक्षपोषण गरेको आरोप लगाउँदै लोकतन्त्रको गीत गाउने हक गुमाएको टिप्पणी समेत गरेका छन् ।”

“उनले लेखेका छन्ः एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।”

“७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।”

यो पनि

“फेसबुक लाइभमा राजेस हमालले बोलेका कुराहरु जस्ताको तेस्तैः”

सबैमा मेरो नमस्कार :- “केही दिन अगाडि मैले बेलायतको संसदमा भएको छलफल कार्यक्रम हेर्ने मौका पाएको थिएँ । त्यहाँ ब्रिटिश सांसद्हरुले आफ्नो उप–प्रधानमन्त्रीलाई अहिले हाल कोभिड १९ को नयाँ भेरियन्टको जुन चुनौती नेपालले सामना गरिरहनुपरेको छ, त्यसको लागि बेलायत सरकारले के–कस्तो पहलकदम उठाइरहेको छ भन्ने विभिन्न सांसद्बाट प्रश्नहरु र जिज्ञासाहरु उठेका थिए ।

“कि नेपालको अहिलेको विषम परिस्थितिमा बेलायत सरकारले के गरिरहेको छ ? र, जे जति गरिरहेको छ, त्यो प्रयाप्त छ /छैन ? यो गम्भीर परिस्थितिलाई मनन गरेर अझ बढी सहयोग र मद्दत बेलायतले गर्नुपर्ने हो कि ? भन्ने कुराहरु पनि उल्लेख गर्नुभएको थियो ।नेपाल र बेलायतको विशेष सम्बन्धको बारेमा पनि उहाँहरुले उल्लेख गर्नुभएको थियो ।”

“खाली एउटा पुरानो कूटनीतिज्ञ सम्बन्ध मात्र नभएर बेलायतको रक्षाका लागि, बेलायतको सुरक्षाका लागि २०० वर्ष भन्दा पनि बढी नेपाली दाजुभाइ, दिदीबहिनीहरुले आफ्नो रगत पसिना बगाउनुभएको छ । त्यसलाई पनि त्यसका सांसदहरुले उल्लेख गर्नुभएको थियो ।”

“त्यो मानेमा पनि नेपाल र बेलायतको सम्बन्ध असाध्यै नजिकको छ । आत्मीयताको सम्बन्ध छ । विशेष सम्बन्ध छ । त्यसैले पनि बेलायतले अहिलेको परिस्थितिमा नेपालको लागि आफ्नो सम्पूर्ण ध्यान कसरी मद्दत गर्ने भन्नेमा जानुपर्छ । र, जेजति भ्याक्सिन बेलायतले उपलब्ध गराएको छ, त्यो पर्याप्त छ, छैन भन्ने कुराहरु पनि उठाउनुभएको थियो । यो अत्यन्त नै प्रशंसनीय छ । यस्तो किसिमको चासो विश्वले देखाउनु, मित्र राष्ट्रले देखाउनु भनेको । त्यही सत्रमा एउटा सांसदले यो पनि भन्नुभयो कि, नेपालको कोभिड १९ को परिस्थितिमा नेपालको प्रधानमन्त्रीले राजीनामा दिनुभयो ? के हाम्रो प्रधानमन्त्रीले त्यस्तो परिस्थितिमा राजीनामा दिन सक्नुहुन्छ त भनेर पनि प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय