बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । तर कतिपय मतभेद बढ्दै जाँदा सम्बन्ध नै पुर्ण बिराम लाग्नसक्छ ।”

“संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । सामन्यतया अविश्वास, आशंका र महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ”

“। डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्यलगायत छन् । सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।हामीले केही महिला कलाकारबारे चर्चा गर्दैछाै जो डिभोर्सपछि पनि एक्लै जीवन हाँकिरहेका छन् ।”

“मौसमी मल्ल:-मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् । आफ्नो ‘ध्वस्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पना पनि नगरेको उनले बताउने गरेकी छिन् ।”

अरुणिमा लम्साल:-एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् ।

“रेखा थापा:-हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बसीरहेकी छिन् ।”

मिलन नेवार अमात्य :-मिलन नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भयो ।

मनिषा कोइराला:-मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर उनीहरूको सम्बन्ध टिक्न सकेन ।

“गौरी मल्ल:-गौरी मल्ल अब्बल अभिनयका कारण नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

रन्जना शर्मा:-नायिका रन्जना शर्माले निर्देशक श्याम भट्टराइ विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।”

रिमा विश्वकर्मा:-नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।

“चुल्ठिम डोल्मा:-चलचित्र नोभेम्बर रेनबाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बसिरहेकी छिन् ।” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय