शुक्रबार , चैत्र १०, २०७९

भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला महिला चिताबाट उठेकी छिन्। कोरोना भाइरसबाट संक्रमित ७६ वर्षीया महिला शकुन्तला गायकवाडलाई मृत घोषणा गरी अन्तिम संस्कारका लागि आफन्तले महाराष्ट्रको बारामती घाट लगेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

महाराष्ट्रको मुधले गाउँकी ती महिलालाई आफन्तले अन्तिम संस्कार गर्न तयार हुँदा महिला रुँदै उठेकी थिइन्। गाउँका प्रहरी अधिकारी सन्तोष गैकवाडले महिला घाटबाट उठेपछि उपचारका लागि अस्पताल पठाइएको जनाएका छन्।

केहि दिनअघि शकुन्तलालाई कोरोना देखिएपछि होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमा स्वास्थ्य बिग्रिदै गएपछि परिवारले बारामती अस्पताल लगेका थिए। अस्पतालमा बेड र आईसीयू अभाव थियो। बेड र आईसीयू पाइने आशमा केही समय उनीहरुले एमबुलेन्समै राखेर कुरे।

समयमा बेड नपाएपछि शकुन्तला बेहोस भएकी थिइन्। बेहोस भएपछि आफन्तले उनलाई होसमा ल्याउन थुप्रै प्रयास गरे। तर, शकुन्तलाको शरीर शिथिल भएको थियो। अनेक प्रयास गर्दा पनि उनको शरीर चल्मलाएन।

केही सीप नलागेपछि आफन्तले उनको प्राण गएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगेका थिए। आफन्तले घाटमा शकुन्तलाको शरीरमा आगो लगाउन खोज्दा उनी उठेर रुँन थालेकी थिइन्। शकुन्तला उठेको देख्दा आफन्तले खुसी हुँदै तुरुन्त अस्पताल पुर्‍याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय