शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं – युट्युबमा एक बालिकाको भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा देखिएकी बालिकालाई ‘बेबी श्रीदेवी’ नाम दिइएको छ । यो भिडियोको आधारमा यहाँसम्म भनिएको छ कि पृथ्वीमा श्रीदेवीको पुनर्जन्म भइसकेको छ ।

यो भिडियो श्रीदेवीको निधन हुनुभन्दा पहिले नै अपलोड गरिएको हो । नोइक्स टिभी नामको युट्युब च्यानलमा अपलोड गरिएको यो भिडियो श्रीदेवीको निधनपछि भाइरल भएको हो ।

पछिल्लो १५ वर्षमा मात्रै दुईवटा चलचित्रमा काम गरे पनि श्रीदेवीका शुभचिन्तक र फ्यानहरुको कमी छैन । उनी जीवित रहेको भए आज (अगस्ट १३) का दिन ५५ वर्षकी हुने थिइन् ।

श्रीदेवी ती खास अभिनेत्रीमा रहिन् जसले लिङ्ग र भाषाको सीमा पार गरिन् अनि हिन्दी, तमिल, तेलुगूसहितका भाषाका चलचित्रमा सुपरस्टार बनेर राज गरिन् ।

गएको फेब्रुअरीमा दुबईमा उनको निधन भयो । निधनलाई लिएर धेरै विवाद पनि भयो । अहिले उनी छैनन् । तर सामाजिक सञ्जालमा उनले पोस्ट गरेका सामग्रीका आधारमा श्रीदेवीलाई जान्ने प्रयास गरेका छौँ ।

यो भिडियोलाई अहिलेसम्म १ करोड ३० लाख भन्दा बढी पटक हेरिएको छ । यो भिडियोको श्रीदेवीको पुनर्जन्मसँग कुनै सम्बन्ध नभएपछि श्रीदेवीको मृत्युपछि भने यो भिडियो निकै हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय