बिहिबार , बैसाख ६, २०८१

“काठमाडौं

“राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् ।”

“मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीका बेला असामयिक राजनैतिक जालझेल सृजना गरी जन दायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिल्यै माफी नदिने बताएका छन्।”

“प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनप्रति लक्षित गर्दै शाहले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।”

“शाहले भनेका छन् , ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो ग म्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’ पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमा लेखेका छन् ।”

मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय