बिहिबार , चैत्र १५, २०८०

“काठमाडौं : अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन एक लाख रुपैयाँ सहयोग गरेका छन्। उनले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग गरेका हुन्। ”

“केन्द्रले कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री र बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ।”

“नाजिरले दर्शकको साथ र सहयोगले आफू अहिलेको स्थानमा पुग्न सफल भएकाले आफ्ना शुभचिन्तक अप्ठ्यारोमा परेको बेला सानो सहयोग गरेको बताएका छन्।”

‘दर्शकको साथ र मायाले म यस स्थानमा आइपुगेको हुँ। उहाँहरूलाई अप्ठ्यारो पर्दा चुप लागेर बस्न सकिनँ’, नाजिरले भने। उनले आगामी दिनमा आफूले सक्दो सहयोग गरिरहने वाचा पनि गरे।”

कोरोना संक्रमण बढेर अक्सिजन नपाएर बिरामीले ज्यान गुमाउन थालेपछि नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरू अक्सिजन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। नायक पल शाह कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन फिल्डमै खटिरहेका छन्।

मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय