शनिबार , बैसाख ८, २०८१

“नीना धेरैजसो आफ्नो जीवनसँग सम्बन्धित महत्वपूर्ण खुलासा गरिरहन्छिन् । हालै नीना फिल्म ‘सरदारका ग्रान्डसन ’ मा देखिएकी छिन् जसमा उनको भूमिकाको व्यापक तारिफ भइरहेको छ । त्यसपछि त नीना एकपछि अर्को अन्तरवार्ता दिइरहेकी छिन् । यस्तै एक अन्तरवार्तामा उनले आफ्नो एक्लोपनको विषयमा एउटा ठूलो खुलासा गरेकी छिन् ।”

“नीना गुप्ताले रेडियो जकी सिद्धार्थ कन्नडलाई दिएको आफ्नो अन्तरवार्तामा आफ्नो एक्लोपनको संघर्षबारे कुरा गर्दै उनले आफ्नो जीवनको धेरैजसो समय एक्लोपनमा बिताएको बताएकी छिन् । उनका कोही श्रीमान् वा प्रेमी नभएका कारण थुप्रै वर्षसम्म यस्तो चिजको सामना गर्नुपरेको उनले बताइन् । साथै आफूले अतितमा ध्यान नदिएका कारण आफू एक्लोपनबाट टाढा रहन सफल भएको उनले बताएकी छिन् ।”

“यो अन्तरवार्तामा नीनाले आफ्नो फिल्मबाहेक नीजि जीवनको विषयमा थुप्रै मुद्दामाथि खुलेर कुरा गरेकी छिन् । नीनाले आफ्नो जीवनमा एक्लोपनबारे कुरा गर्दै भनिन्, ‘यो मेरो पूरा जीवनमा थुप्रै पटक भयो । किनभने थुप्रै वर्षसम्म न त मेरो कोही श्रीमान् थिए न प्रेमी नै ।”

“साँचो कुरा गर्नुपर्दा मेरा पिता नै मेरा प्रेमी थिए । मलाई काममा अपमानित गर्दा पनि म एक्लो महसुस गर्थेँ । मैले आफ्नो जीवनमा धेरैजसो एक्लो भएको महसुस गरेँ तर भगवानले मलाई शक्ति दिनुभएको छ र म सधैं अघि बढ्न सक्षम छु । म अतितलाई ध्यानै दिन्नँ ।’ मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय