मंगलबार , बैसाख ११, २०८१

काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये कतिपयमा म्युकरमाइकोसिस नामको ढुसीजन्य संक्रमण पाइएको छ । यो कालो ढुसीले आँखा, नाकमा असर पार्छ र आँखाको ज्योति हराउने, नाक बाङ्गो हुने जस्ता समस्या पनि देखिएको चिकित्सकहरु बताउँछन् । यो कस्तो खालको समस्या हो भन्ने विषयमा वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. निरज डा. सिंहसँग गरिएको कुराकानी :”

“कोभिड महामारीमा कतिपय संक्रमितमा म्युकरमाइकोसिस देखियो भन्ने सुनिन्छ । यो कस्तो खालको समस्या हो ?

“कोभिड–१९ को बढ्दो संक्रमणसँगै नयाँ नयाँ समस्याहरू देखिरहेका छन् । जसमध्ये आँखा, नाकमा फंगस अर्थात ढुसीको इन्फेक्सन देखिएको छ । यसलाई म्युकरमाइकोसिस (mucermycosis) भनिन्छ ।”

“यो एउटा कालो ढुसीको संक्रमणले देखिने रोग हो । विशेष गरी मधुमेहका रोगी र कोभिड–१९ को संक्रमणको उपचारको क्रममा स्टेरोइड्स (steroids) औषधिको प्रयोग गरिन्छ । स्टेरोइड्सको प्रयोगपछि रगतमा चिनीको मात्रा बढ्ने समूहमा यस्तो समस्या बढी देखापर्छ ।विज्ञहरूका अनुसार कालो ढुसीको संक्रमण हावामा अवस्थित म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ । माटोमा, कम्पोष्ट पाइल र सडेको काठमा अर्थात वातावरणमा नै पाइन्छ ।”

“संक्रमणपछि बिरामीले सास फेर्दा जुन साइनसको गुहा, फोक्सो र छातीका प्वालहरूमा फैलिन्छ । यद्यपि केही विज्ञहरू स्टेरोइड्समा उच्च निर्भरता कोभिड केसहरूमा सुजन ( Inflammation) उपचारको लागि प्रयोग गरिएको, पूर्व–अवस्थित कोमोरबिडिटिज, जस्तै मधुमेहले कोभिडबाट पीडित व्यक्तिलाई म्युकरमाइकोसिसको जोखिममा बढी पार्न सक्ने बताउँछन् । दोस्रो चरणको कोभिड–१९ संक्रमणमा यो समस्या बढी देखिएको छ ।”

“म्युकर माइकोसिस भएका मानिसमा कस्तो लक्षण देखिन्छ ?

“यस फंगल संक्रमणबाट पीडित बिरामीहरू सामान्यतः नाक भरिएका र नाक बग्ने लक्षणहरू हुन्छ । आँखामा सुजन र दुखाइ, पलकको झुकाइ र धमिलो देखिन्छ । अन्तमा दृष्टि गुमाउन पुग्छन् भने नाक वरिपरि छालामा कालो धर्साहरु हुन सक्छ ।”

“नाकबाट रगत बग्छ, बाक्लो सिंगान बग्छ । आँखा सुनिन्छ, आँखा वरपरको भागमा कालो दाग देखिन्छ । आँखा धमिलो देख्छ । टाउको दुख्ने, नाक जाम जस्तो हुने, मुख नै बाङ्गो हुन्छ । हुन त शरीरमा यसको संक्रमण कहाँ छ, त्यसअनुसार फरक फरक लक्षण देखिन्छ ।”

“यदि संक्रमण साइनस र मस्तिष्कमा बढ्छ भने ज्वरो आउने, एकतर्फी अनुहारको सुजन, टाउको दुख्ने, र नाक वा साइनस जाम हुन्छ । यदि तपाईंको फोक्सो फंगसबाट प्रभावित छ भने, तपाईंमा खोकी लाग्ने, छाती दुख्ने, र सास फेर्न गाह्रो हुने हुन सक्छ “।

“जब म्युकरमाइकोसिसले पाचन प्रणालीमा आक्रमण गर्छ, जसले पेटको दुखाइ, बान्ता, र ग्यास्ट्रइन्टेस्टनल रक्तस्राब पनि गराउँछ । छिमेकी मुलुक भारतमा त धेरैमा यस्तो समस्या देखिएको छ । भारतमा कोभिड संक्रमणबाट ठीक भइसकेका मानिसमा पनि यस्तो समस्या देखिएको छ । वीरगञ्जका स्वास्थ्य संस्थामा समेत त्यस्ता बिरामी आउन थालेका छन् ।”

“४ जनालाई त मैले नै उपचार गरेँ । बारा जिल्लाको एक जना नेता कोभिड पोजेटिभ हुनुहुन्थ्यो । घरमै मेरो सल्लाहमा उपचार गरेर बसिरहनुभएको थियो । सुगर धेरै बढेपछि भेट्न आउनुभयो । त्यही बेलामा मुख बांगो देखेपछि मैले म्युकर माइकोसिस हो कि भनेर शंका गरे । भर्ना गरेर उपचार सुरु गरे । स्वास्थ्य मन्त्रालयसँगै आग्रह गरेर औषधी मगाएँ, चढाएँ । तर काम लागेन, थप उपचारका लागि काठमाडौं पठाएँ । तर उतै बित्नुभयो !”

“अर्को एक जनामा पनि त्यस्तै समस्या देखिएको थियो, कोभिड जाँच गर्न नपाई बित्नुभयो । एक जना ठीक भएर घर जानुभयो । अर्को एक जना थप उपचारका लागि काठमाडौं जानुभएको छ । विभिन्न अध्ययनले पनि संक्रमण पछि जीवन जोखिममा पर्ने देखाएको छ । किनकी यो संक्रमणको मृत्युदर ५०–६० प्रतिशत छ ।” मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय