शुक्रबार , चैत्र १०, २०७९

काठमाडौं । सामाजिक अभियान्ता अन्सुल लोहनीले सानै उमेरबाटै समाजसेवा गर्दै आएका हुन् । उनले कयौं पिडितहरुलाई आफ्नै सहयोग र अभियान मार्फत नयाँ जीवन दिलाएर पुण्य कमाउदै आएका छन् ।आफ्नो जिवनलाई खतरामा राखी अरुको सेवामा अनवरत रुपमा लाग्दै आएका लोहनीको जिवनशैली सामान्य नै रहेकोछ । अघिल्लो लकडाउनमा पनी समाजसेवामा नै होमिएला लोहनी अहिले पनि उहीँ सेवामा रमाई रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

करिब २७/२८ बर्षबाट आफ्नो घर परिवारबाट हराईरहेका बन्दिपुर-६ भरामपानी बागे घर बताउने लोकबहादुर गुरुङलाई काठमाडौंको कमलपोखरीमा बोराले बारेर बनाईएको छाप्रोमा लोहनीले दुःखद् अवस्थामा भेटेका थिए । उनले गुरुङलाई भेट्दा खानासमेत नरहेको अवस्थामा भेटेको र खाना समेत बनाएर लगीदिएको भन्ने कुरा हामी समक्ष बताएका छन् ।

लोहनीले गुरुङ बुबालाई भेटे पश्चात् सामाजिक संजालमा पोष्ट्याएको २४ घण्टा नबित्दै गुरुङको परिवार लोहनीको सम्पर्कमा आएका थिए । आफ्नो आफन्तलाई सामाजिक संजालमा त्यो अवस्थामा देख्ने साथ लोहनीलाई जसरी भएनी हामीसँग भेटाईदिन परिवारले आग्रह गरेका थिए । त्यो आग्रह सुन्दै लोहनीले परिवारसँग भेटाएर जिम्मा दिई सकेको बताएका छन् ।

लोहनीले संजालमा लेखेका छन् ,“सामाजिक संजालको सदुपयोग गरेर आज एउटा दाई२७/२८ बर्ष सम्म हराउनु भएको उहा दाईलाई उहाको घर पठाएका छौ बिशेष धन्यवाद हाम्रो गुरूजि राजु कडेल दाईलाई उहालाई डुम्रे सम्म लगिदिन्छु भन्नु भएको छ र हामिले उहालाई नागढुङ्गाबाट पठाईसकेका छौ २४ घण्टा नबित्दै उहाको परिवार फेला पार्यौ।

हाम्रो तनहुका मनोस श्रेष्ठ दाईले पनि ठुलो भुमिका खेल्नु भयो उहाको परिवार खोजतलास गर्नका लागि आज एकदम खुसि भएको छु एउटा सानो प्रयासले गर्दा २७/२८ बर्षपछि उहा आफ्नो घर जादै हुनुहुन्छ त्यसै वडाका दाईहरूको पनि ठुलो भुमिका खेल्नुभयो र ट्या्क्सिमा नागढुङ्गा सम्मा लगिदिनु भयो।”
मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय