बुधबार , बैसाख १२, २०८१

माजसेवी जानकी पन्त,युके।“#लकडाउन #lockdown
लकडाउन जीवन रक्षाकै लागि एक कवच हो। लकडाउनको शाब्दिक अर्थ सहजता पनि हो। सृष्टिको नियम तलमाथि हुन नदिन लकडाउन गर्ने गरिन्छ। लकडाउन को अर्थ शब्दैमा स्पष्ट छ। सबै ठप्प। आफुलाई सुरक्षित व्यवस्थित पार्नु नै लकडाउन हो। उकुसमुकुस भई बाँची रहेकाहरू व्यस्त जीवनहरु लाइ क्षणिक विश्राम दिलाउन गरिने कार्यलाई लकडाउन भन्न या मान्न सकिन्छ। तैपनि यसलाई अनैतिक तरिकाले तोड्न मान्छे पछि पर्दैनन्।

नेपालको सन्दर्भमा यो पनि एक नाटक नै बनेको छ। स्वास्थ्य भन्दा मीठो नेपालीलाई स्वादिस्ट भोजन लाग्छ, जीबन भन्दा ठुलो पैसा, पद, पावर , मान, सम्मान लाग्छ। त्यसैले ऊ लकडाउनमा पनि कामलाई अनि अरु अनाबस्यक कुरालाई बढी महत्व दिन्छ। जबकि कामको मुख्य शाब्दिक अर्थ भनेकै मृत्युको लागि आत्माहत्या गर्न नपरोस् भन्ने हो। तर चलाख मान्छेले कामलाई नै रोजिरोटी माने अनि पैसालाई नै सर्वस्व ठाने। धर्तीमा यसरी वर्ग हरु बने। वर्गले कामको व्याख्या गरे । काम बिभाजन गरेर यसलाई जातसम्म लगेर टुङ्गगाए। जसको आगो अहिले सम्म दन्कि रहेको छ।

अत: जीबनमा काम अनि संघर्ष नै सर्वोपरि बन्यो। शान्ति, प्रेम र दया एक साधक मात्र हुन पुगे भने साध्य साधन या प्राथमिकता कहिल्यै बन्न सकेनन। जीवनमा एकले अर्कोलाई होच्याउने, खसाउने अनि पुर्ने खाडलहरु अनेक बने जुन खाडलहरु अब कोरोना समाप्त पछिका दिनहरुमा पुरिनुपर्छ भन्ने कोरोनाले दिन खोजेको संदेश यही छ र यो हामीले बुझ्न जरुरि छ।

अझै गहिरेर सोच्दा मानवभित्रको वितृष्णाको अन्त्य अब हुनैपर्छ कोरोनाको माग यही छ जस्तो लाग्छ। मातृत्व, भाइचारा, मित्रता, रास्ट्रियता प्रगाढ रुपको हुनुपर्छ अनि हरेकको जीबनमा मानबता पहिलो प्राथमिकता हुनुपर्छ आदि ईत्यादी यस्तै कुराको माग कोरोनाको भएको हुनुपर्छ। हुन त कोरोना खराबको लागि आतंक नै हो। अहम् र क्रोधको लागि सराप नै हो। र अन्तमा व्यवस्थित हुनु, प्राकृतिक हुनु, सयम, सजक र सरल हुनु नै यसको निवारण हो जस्तो लाग्छ मलाई।

सरकारले गरेको लकडाउन को बारेमा भन्नु पर्दा यो पूर्ण सफल बनाउन वा रोग फैलिन नदिन सर्वप्रथम त सरकारले जनताको समस्या पहिचान गर्नु आवश्यक छ। कामको आधार वर्गीकरण गरिने भनौं या धर्म, जात, धन, मान, पद, पावर ले भेदभाव गरिने त्यो विभेदको अन्त्य हुनुपर्छ। सबै मेरा आफ्ना हुन्, सबैले खुशी साथ् हास्न र बाच्न पाउनुपर्छ त्यो नीति सबैले अपनाउनुपर्छ। मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय