बिहिबार , बैसाख १३, २०८१

सामाजिक अभियान्ता ज्वाला संग्रौला,काठमाडौं ।एउटा सिलिण्डरको आश गर्दागर्दै कसैको पनि सास नजाओस् भनेर हामी अहोरात्र लागि परेका छौं! तरपनि आपत परेर हारगुहार गर्नेहरुलाई चाहेर पनि सहयोग गर्न नसक्दा धेरै दुख लागेको छ । सबैले जनमैत्रिले केहि गर्छ कि भनेर आशा गर्नु भएको छ तर यहॅा पनि आईसीयु र भेन्टिलेटरहरु सबै भरिभराऊ छन् ।

जनमैत्रीले मेरो मान्छे भर्ना लिएन भनेर हजुरहरु दुख नमान्नु होला, गलत समाचारहरुको पछि नलाग्नु होला। कम्तिमा यहॅ भर्ना भैसकेका बिरामीहरुलाई अस्पताल प्रशासनले म सक्दिन अथवा अक्सिजन छैन आफैं खोज्नुस् भनेर कसैलाई आजसम्म फर्काएको छैन! कति बिरामीहरु सन्चो भएर घर फर्कनु भएको छ ! हामी जतिसक्दो अक्सिजन सिलिण्डरको अभाव नहोस् यहॅाका बिरामीहरुलाई भनेर लागि परेकै छौं!

आज एकजना आर्थिक अवस्था कमजोर भएकी कोरोना पोजेटिभ गर्भवती महिलालाई अस्पतालले रबिदाई र डिपी अर्याल सरको पहलमा निशुल्क उपचारको लागि भर्ना लिएको छ । यहॅा बेड भएसम्म र पर्याप्त अक्सिजन भएसम्म आफ्नो बिरानो भनेर कसैलाई भेदभाब गरिदैन ! म यहि अस्पतालको लागि सहयोग गरिरा छु तरपनि भोलि कथं कदाचित म आफै बिरामी परें भने पनि यहॅा खाली ठाउॅ नभएसम्म मैले पनि मेरो उपचार गराउनु पर्यो भन्न सक्दिन !

किनकी भएको बिरामीलाई बि’स्थापित गर्न या अन्त सार्न मिल्दैन ! तसर्थ सहयोगको अपेक्षा राखेर फोन म्यासेज गर्नु हुने हजुरहरु सबैले अहिलेको परिस्थितिलाई बुझेर चि’न्तन मनन गरिदिनु होला! यो देशमा सरकारका मान्छेहरुले भुकम्प जॅादा घरमा भॅाडाकुडा, चामल र त्रिपाल लुकाएका थिए, अहिले कोरोनाको यो कहरमा सिलिण्डर लु’काएर बसेका छन् भने हाम्रो दैनिकी चांहि कसैको जीबन बचाउने भागदौडमा यसरी गुज्रिरहेछ ! हामीलाई आशा छ , यो दुखको समयको डुंगालाई हामीले चॅाडै किनारा लगाउने छौं!#staysafenepal??

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय