“आपत को बेला ठुलो गुन”स्पेनले दियाे, नेपाललाई साढे १४ करोडको, स्वास्थ्य सामग्री, आज काठमाडौँ पुग्ने”

“काठमाडौं । स्पेनले नेपाललाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ठूलाे मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री आज (बिहीबार) काठमाडाैँ आइपुग्ने बताइएकाे छ ।”

“बुधबार राति स्पेनकाे राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमानमार्फत उक्त सामग्री नेपाल पठाइएकाे जनाइएकाे छ । स्पेनस्थित नेपाली राजदूतावासले दिएकाे जानकारी अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन् ।”

“स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकाे बताइएकाे छ । बुधबार राति नै उक्त उडान भइसकेकाे र बिहीबार ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे जनाइएकाे छ ।”

“राजदूत शेर्पासँगै अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान पनि नेपालका लागि उडेकाे बताइएकाे छ ।” मेचीमहाकाली

२०७८ जेष्ठ ६, बिहीबार ०८:१३ गते 0 Minutes 72 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार