बुधबार , बैसाख १२, २०८१

“झापा : पेटमा दुई महिनाको बच्चा छ। शारीरिक अवस्था निकै कमजोर छ। मुस्किलले खुट्टा टेकिन्छन्। कति दिनदेखि पेटभरि खानसमेत नपाएकी झापा चारआलीकी कञ्चन रिजालको सोमबार कोरोना पोजेटिभ देखियो।”

“सामान्य ज्वरो र खोकी लागिराखेपछि कञ्चनले आइतबार सकिनसकी मेची अस्पताल पुगेर स्वाब दिएकी थिइन्। सोमबार उनको रिपोर्ट पोजेटिभ आएपछि बसिराखेको घरबाट घरभेटीले निकालिदिए। त्यसपछि माइतीको शरणमा पुगेकी कञ्चनलाई त्यहाँ पनि छिमेकीले बस्ने अनुमति दिएनन्।”

“उनी मंगलबार दिउँसो ४ बजेतिर श्रीमान्सँग चारआलीको आइतबारे हटिया लाग्ने ठाउँमा गइन्। त्यहाँ श्रीमान्ले उनलाई एउटा टेन्टमुनि राखे। केही खानेकुरा ल्याउँछु भनेर गएका, फर्किएरै आएनन्। बुधबार मेची कोभिड अस्पतालको आइसोलेसनमा पुगेकी उनले भनिन्, ‘मलाई झुक्याएर भाग्यो। अब मसँग न बस्ने ठाउँ छ न खानेकुरा। कोरोना जितेर फर्कें भने, कहाँ बस्ने होला ?’”

“मेची कोभिड अस्पतालकी नर्स एनी रिजालका अनुसार रातको ११ बजे उनलाई वडाध्यक्षले अस्पताल ल्याइपुर्‍याएका थिए। अस्पताल आउँदा उनीसँग एक जोर लुगा पनि थिएन। शरीर पूरै कामेको र बेस्सरी भोकाएकी थिइन्। बोल्नै नसक्ने अवस्थामा रहेकी उनलाई केही खाना दिएपछि मात्रै बोलेकी अस्पतालकी कर्मचारी लीला भट्टराईले बताइन्। उनले भनिन्, ‘आफन्त को छ, तपाईंको ?’ भन्दा ‘कोही छैन। कोरोना देखिएपछि बूढाले छाडेर भाग्यो। वडाध्यक्ष अंकलले अस्पताल ल्याइदिनुभएको भनिन्।’”

“कञ्चनमा अझै धेरै कमजोरी रहेकाले उनलाई स्लाइन दिइराखेको नर्स एनीले बताइन्। गर्भवती श्रीमतीलाई छाडेर मेचीनगर नगरपालिका– १३ चारआलीको तेलबारी बस्दै आएका सन्देश रिजाल फरार भएपछि कञ्चनको एक मात्र सहारा टुटेको छ।-”

“गाडीमा सहचालकको काम गर्ने सन्देश र कञ्चनले गत मंसिरमा विवाह गरेका थिए। कञ्चन १७ वर्ष मात्रै पुगेकी छन्। विवाह गरेदेखि उनीहरू एउटा होटलमा काम गर्दै आएका थिए। श्रीमतीलाई कोरोना भएको थाहा पाएपछि सन्देश सम्पर्कविहीन भएको हुन सक्ने वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए।”

“वडाध्यक्ष सिग्देलले भने, ‘कोरोना संक्रमित गर्भवती महिला बेवारिसे अवस्थामा रहेको थाहा पाएपछि एम्बुलेन्स बोलाएर नगरपालिकाको धाइजन स्वास्थ्य चौकीको आइसोलेसनमा पुर्‍याएँ।’ तर त्यहाँ उनको उपचार सम्भव नहुने मेयर र उपमेयरले बताएपछि आफूले राति ११ बजे मेची अस्पताल लगेको उनले बताए। )”

“कञ्चनको माइतीपक्षको आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेको वडाध्यक्षले बताए। सानैमा आमा गुमाएकी कञ्चनको घरमा वृद्ध हजुरआमा छिन्। उनको उपचारमा सहयोग गर्ने कोही भेटिएका छैनन्। ”

“कञ्चनको बिचल्ली भएपछि उनका श्रीमान् सन्देशको परिवारको खोजी सुरु गरिएको छ। आफूखुसी विवाह गरेकाले सन्देशको परिवार पनि सम्पर्कमा आउन नचाहेको बुझिएको छ। प्रहरी प्रशासन लगाएरै भए पनि कञ्चनका श्रीमान्को खोजी गरिने वडाध्यक्ष सिग्देलले बताए” यो खबर आज को अन्नपूर्ण पोस्ट दैनिक मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय