बुधबार , बैसाख १२, २०८१

काठमाण्डौ, जेठ।

बाबुराम भट्टराईका प्रमुख स्वकिय सचिव विश्वदिप पाण्डेले, एमालेका अ प हर ण विभाग प्रमुखले भनेजस्तो बाबुराम र ओलीबीचको भेट राती १ बजे भएको हैन । एकपटक बेलुका ५ बजे र एकपटक बेलुका ७ बजे भेट भएको हो ।

अ राज नी तिक र आ परा धिक तत्वले छर्ने भ्र ममा कोही पनि नपर्नुहोला । पत्रकार मित्रहरुको प्रमसँग भेट भइराख्छ, मेसो पर्दा सिधै प्रमसँग नै सोध्नुहोला ।

भेट्घाट हुँदा के कुरा भएको थियो उहाँले पनि भन्नुहोला । बाबुरामले २ पटक भेटेर पहल गर्न खोजेको कुरा यत्ति हो की – देउवाको नाममा पनि बहुमत नपुग्ने, साथै वर्तमान र पूर्वप्रम कसैको पनि नाममा राष्ट्रिय सहमति नबन्ने स्थिति भएको हुँदा एकपटक राष्ट्रिय सहमति कसरी बन्छ त्यसबारेमा अन्तिम कोशिस गरौं भन्ने मात्रै हो ।

पूर्वप्रम र वर्तमान प्रमबाहेकको व्यक्तिले सरकारको नेतृत्व गर्ने गरी सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं भनेर प्रमसँग उहाँले प्रस्ताव राख्नुभएको थियो । योबाहेक अरु केही कुरा भएको छैन, र/वा/किन्तु/परन्तुको कुरै छैन ।

दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय