बिहिबार , मंग्सिर २३, २०७८

काठमाडौं, ५ बैशाख ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे। उनले पार्टीको अघिल्लो पुस्ताले हार्दिकतापूर्वक र स(सम्मान वैचारिक अभिभावकत्वसहितको नेतृत्व लिएर कार्यकारी जिम्मेवारीबाट बिदाइ लिने बेला भएको उल्लेख गरेका छन्।

सहयात्रीजस्ता माओवादीका सयौं कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीबारे टिप्पणी लेखेका छन्। कतिले विगतको तीखो आलोचान गरेका छन् भने कतिले आउने दिनमा माओवादीले संगठन सुदृढ गर्न दृढतापूर्वक लाग्नुपर्ने सुझाएका छन्। नेतृत्वले आफ्नो वर्गीय धरातल बिर्सिएर बुर्जुवासँग काँध जोडेको र सत्ता गठबन्धनमा धेरै समय र उर्जा खर्च गरेकाले पार्टी कमजोर भएको टिप्पणी पनि उनीहरूले गरेका छन्।

नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र अलग हुन्छन् भन्ने माओवादी नेतृत्वले कल्पना पनि गरेको थिएन। ओलीविरूद्धको मोर्चामा नेकपाभित्र माधवकुमार नेपाल, झलनाथ खनालको साथ थियो, त्यसैले दुई पार्टी सर्लक्क अलग हुने सम्भावना थिएन। सर्वोच्च अदालतले नै एमाले र माओवादी केन्द्रलाई अलग बनाइदिएपछि माओवादी नेतृत्व बल्ल त्यो झड्काबाट ब्युँझिन थालेको छ। आफ्नै बुँतामा पार्टीको भविष्य खोज्नुपर्छ भन्ने निष्कर्षमा नेतृत्व पनि पुगेको छ।

कार्यकर्ताको यो आक्रोश, निरासा र भविष्यका लागि जुध्ने प्रतिवद्धताबीच पार्टीलाई कसरी अघि बढाउने भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी सुरू गरेका छन्। अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई इमेलमार्फत् केही प्रश्न पठाएर मुख्यगरी चार विषयमा सुझाव मागेका छन्स् पार्टी प्रमुखको कार्यकारी पदमा रहनका लागि उमेरको हद राख्ने वा नराख्ने, राख्ने भए कति राख्नेरु, कार्यकालको सीमा राख्ने वा नराख्ने, राख्ने भए कति राख्नेरु, केन्द्रदेखि सबै समितिहरूको कार्यकारी प्रमुखका लागि यस्तो सीमा राख्ने कि नराख्ने वा फरक(फरक राख्नेरु र जिल्ला समितिलाई साविकझैं राख्ने वा जिल्ला समन्वय समिति बनाउने ?

प्रचण्डले पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्ने भनिरहँदा उनीसँग २०६४ सालपछिको माओवादी पार्टी सिंगो रूपमा छैन। जनमतका आधारमा त्यो बेलाको मोटोघाटो पार्टी अहिले धेरै दुब्लो भएको छ। पार्टीको लोकप्रिय मत निरन्तर घटेको छ। संगठन भद्रगोल छ। अनि २०६४ सालमा पार्टी नेतृत्वमा रहेका धेरै अनुहार आज प्रचण्डसँग छैनन्।

२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको खुला राजनीतिक यात्रा सुरू भएको हो। त्यो बेला माओवादीका संगठन छरिता थिए। जम्मा ११ जनाको सचिवालय अनि ३५ जनाको केन्द्रीय कमिटी थियो। तत्कालै कुनै महत्वपूर्ण निर्णय गर्न ६ जनाको अघोषित ‘कोर टिम’ थियो।

त्यसमा प्रचण्डका साथै वरिष्ठ नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल र पोष्टबाहादुर बोगटी थिए। तीमध्ये बोगटीको निधन भएको छ भने अरू कुनै पनि नेता अहिले प्रचण्डसँग छैनन्। त्यस्तै ११ जनाको सचिवालयमा त्यतिखेर प्रचण्डसहित मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, देव गुरूङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र नेत्रविक्रम चन्द ‘विप्लव’ थिए।

त्यो सचिवालयका सदस्यमध्ये अहिले प्रचण्डसँग देव गुरूङ, कृष्णबहादुर महरा र वर्षमान पुनमात्रै छन्। वैद्य र गजुरेल नेकपा क्रान्तिकारी माओवादीमा छन्। भट्टराई जनता समाजवादी पार्टीमा छन् भने बादल र रायमाझी एमाले प्रवेश गरेका छन्। विप्लवले छुट्टै समूह गठन गरेका छन्।

३५ जनाको केन्द्रीय कमिटीमा पनि १५ जनाले प्रचण्डको साथ छोडिसकेका छन्। मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, हिसिला यमी, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली र गोपाल किराँती अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा छैनन्।

२०६४ सालमा नारायणकाजी श्रेष्ठसँग भएको एकतापछि नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल, गणेश साहजस्ता वामपन्थी राजनीतिमा लामो समय बिताएका नेताहरू अहिले पनि प्रचण्डसँगै छन्।

जनतामा पार्टीको लोकप्रियता, संगठनमा भएको क्षति र नेतृत्व पंक्तिमा देखिएको निरन्तर पलायनका माझ माओवादी केन्द्रलाई पुनर्गठित गर्नुपर्ने चुनौती प्रचण्डलाई छ। कतिपय कार्यकर्ताले उनकै नेतृत्वमाथि प्रश्न उठाएका छन्। त्यसमाथि पार्टी सत्ताबाहिर छ र आर्थिक स्रोत कसरी जुटाउने भन्ने दबाब पनि प्रचण्डलाई छ।

दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय