शनिबार , बैसाख ८, २०८१

काठमाडौँ, ५ जेठ ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमतिको सम्भावना बढेसँगै नयाँ राजनीतिक परिस्थिति विकास भएको छ । एमाले एकताको माहोल तयार हुँदै गर्दा ओलीविरोधी गठबन्धन मजबुत हुने अवस्था बन्दै गएको छ ।ओली र नेपालबीच सहमतिसँगै कार्यदल गठन भई काम बढेको छ । योसँगै एमाले एकता टरेको छ । ओली एमाले एकताबाट बलियो हुने अवस्थामा पुगेका छन् ।

एकातर्फ एमाले एकता बलियो बन्ने वातावरण विकास भएको छ अर्कोतर्फ ओलीविरोधी गठबन्धन बलियो बन्दै गएको छ । गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षधर छन् । तर, यादवले हिजो अध्यक्ष महन्थ ठाकुरसँग ८ बुँदे सम्झौता गरिसकेका छन् ।

यादव र ठाकुरबीचको सम्झौता जसपाले सरकारको नेतृत्व दाबी गर्ने सहमतिको बुँदा समावेश गरी भएको हो । अब ओलीविरोधी गठबन्धनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने सहमति बनाएमा बहुमत बन्न सक्छ ।

सरकारको नेतृत्व पाएमा जसपाका सबै ३२ सांसद एक भई ओलीविरोधी गठबन्धनको पक्षमा हुनसक्छन् । केही सांसद असन्तुष्ट भएपनि गठबन्धन बहुमत नपुग्ने अवस्थामा हुने सम्भावना कम छ ।

काँग्रेसको ६१, माओवादी केन्द्रको ४९ र जसपाको ३२ गरी १४२ सांसद संख्या पुग्छ । प्रतिनिधि सभामा तत्काल कायम रहेको २६७ सदस्य संख्याका लागि १३४ सांसद संख्या भए पुग्छ । त्यसकारण पनि ओलीविरोधी गठबन्धन बन्न सक्छ ।

एमाले एकताको रिएक्सन ओलीविरोधी गठबन्धन बलियो बन्नेतर्फ बढेका छन् । अब ओलीलाई विश्वासको मत लिन असफल बनाएर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणतर्फ ओलीविरोधी गठबन्धन लागेका छन् ।

यस्तो अवस्थामा देश मध्यावधि चुनावमा जानबाट रोकिनेछ । २०७९ सालको कात्तिक या मंसिरमै चुनाव हुने सम्भावना विकास भएको छ । चुनावी सरकार ओलीबाहेकको हुने अवस्था आएको छ ।

दैनिक न्यूज नेपाल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय