आइतबार , मंग्सिर १८, २०७९

सीपी मैनाली / २०५० सालको जेठ ३ गते दासढुंगामा जसरी दु*र्घटना भयो त्यो स्वाभाविक होइन भन्ने कुरा जगजाहेर छ। त्यति बेला म तत्कालीन नेकपा एमालेमै थिएँ। दु*र्घटना भएको थाहा हुने बित्तिकै म त्यहाँ पुगेको थिएँ। त्यहाँ जे जस्तो घटनाको प्रकृति थियो, जसरी घटना घट्यो, ड्राइभर जुन ढंगले निस्कियो, जुन ढंगले त्यहाँ बाटोमा भुसका चिह्नहरू बनाइएका थिए, यी सबै कुराले हेर्दा त्यो घटना सामान्य दुर्घटना लागेन। खासमा सामान्य घटना हुँदै होइन। घटाइएको घटना हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

२ दिनपछि तल नारायणी नदीमाथिको पुल भन्दा १२/१३ किलोमिटर तल बगरमा मदन भण्डारी कमरेडको शव थियो। नदीमा गोहीहरू पनि थिए र अन्य जलचरहरू पनि पक्कै हुनुपर्छ। तर मदन भण्डारीको शवलाई ती जलचरहरूले केही असर नगरेको जस्तो देखिएको थियो। अन्डरवेयर मात्र लगाएको श*व थियो। पहिलो नजरमै त्यो सामान्य होइन भन्ने कुरा कन्फर्म नै भयो।

पछि २/३ वटा आयोग बनाइयो। तर आयोगहरूले पनि त्यो घटना घटाइएको हो भन्ने तथ्य पुष्टि गरेनन्। पछि पार्टीको तर्फबाट केपी शर्मा ओलीलाई नै एउटा आयोगको संयोजक बनाइएको थियो। त्यो आयोगले केही शं*कास्पद कुरा गरे पनि केही टुंगो लगाएन। केपी ओलीले बीचमै त्यसको अध्ययन अनुसन्धान गर्न छोडिदिए।

यसरी अनुसन्धान अलपत्र भएको र निश्चित ठाउँमा पुग्न नसकेको हो। त्यसपछि पटक-पटक एमालेको सरकार बनेको भए पनि अध्ययन टुंगोमा पुग्न सकेन। अहिले उहाँको धर्मपत्नी राष्ट्रपति हुनुहुन्छ र उत्तराधिकारी भएको दाबी गर्ने व्यक्ति केपी ओली प्रधानमन्त्री हुनुहुन्छ। छानबिनको जिम्मेवारी उहाँकै हुनुपर्ने हो। इतिहासकै गर्भमा त्यो घटना लुकेर बसेको छ।

राजनीतिक हिसाबले हेर्ने हो भने देशको पक्षमा बोल्ने राजादेखि रंकसम्मका व्यक्तिहरू, नेताहरू पनि षड्य*न्त्रद्वारा मा*रिने घटना भइरहेको हामीलाई थाहा नै छ। त्यही सिलसिलाको घटना हो। रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय