शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रियसभाको यही जेठ ६ गते हुने उपनिर्वाचनमा रामबहादर थापालाई सघाउने भएका छन् । आज अपरान्ह बादल नेता नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । उक्त भेटवार्तामा नेता नेपालले बादललाई सघाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ ।

तर, यसअघि एमालेभित्रको आन्तरिक वि’वाद हुँदा नेता नेपालले कांग्रेस र माओवादी केन्द्रको समर्थनमा डा. खिमलाल देवकोटालाई उम्मेद्धवार बनाएका थिए । तर, पछिल्लो समय एमालेको आन्तरिक वि’वाद हल हुने दिशातर्फ अघि बढिरहेको छ ।

यही सन्दर्भमा नेता नेपालले आफूले नै अघि सारेका उम्मेद्धवारलाई भन्दापनि अब अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका उम्मेद्धवार थापालाई सहयोग गर्ने भएका हुन् । कतिपयले भने नेता नेपालले देवकोटालाई धो’का दिएको भनेर पनि टिप्पणी गरेका छन् । नेपाल र बादलबीचको आजको भेटवार्ता पार्टीको आन्तरिक विषय र राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाका प्रेस संयोजक किरण भट्टराईले उक्त भेटवार्ताबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्-“नेकपा९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापाुबादलुबीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्ता पार्टीको आन्तरिक विषय र यहि जेठ ६ गते हुनगईरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रीत रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।”

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय