बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

अमेरिकालाई कर्मभुमी बनाउदै आउनुभएका वरिष्ठ समाजसेवी हेम थापा र उहाँकि धर्मपत्नी माया थापाले दीनदुखीलाई अर्दापर्दा करोडौं समाजसेवामा खर्चिदै पुण्य कमाउँदै आउँनु भएको छ । उहाँहरुको नाममा स्थापना भएको हेम एण्ड माया फाउन्डेसन मार्फत सहयोग प्रदान गर्दै आउनु भएको छ ।

कहिँले भुकम्प पिडितलाई ,बाढीपीडितलाई,मृगौंला पिडितलाई,आगलागीपिडितलाई त कहिँले कोरोनाबाट थलिएका बिरामीहरुलाई फाउन्डेसन मार्फत सकेको सहयोग गर्दै आउँनुभएको छ । उहाँहरुको यो फाउन्डेसनमा अनेकौं देशहरुबाट सकारात्मक मनहरु जोडिएर एकताबद्ध हुँदै सहयोगीहातहरु अघाडी बढाउंदै आउनु भएको सबैमा अवगत नै छ ।

अघिल्लो लकडाउनको मार्कामा पर्दा अनेकौंले भोकभोकै ज्यान समेत गुमाउनु परेको परिपेक्षमा उक्त फाउन्डेसनले खानापानी साथै माक्स अनि सेनिटाईजर वितरण गरि पुण्यको कार्य गरेको थियो ।उक्त कार्यको जानकारी स्वयंम फाउन्डेसनको संस्थापक हेम थापा ज्युको सामाजिक संजाल फेस्बुकमा अवलोकन गर्न सकिन्छ ।

थापाका अनुसार हेम एण्ड माया फाउन्डेसन नजन्मिनु अगावै र संजालमा नदेखिनु अगावै सामाजिक सेवामा अनवरत रुपले लाग्दै आएको कुरा हामीलाई बताउनु भएको छ । पत्रपत्रिकामा र टेलिभिजन साथै रेडियोहरुमा सत्कर्मको कुरा कमै आएपनी हामीले हाम्रो ठाउँबाट सक्दो सहयोग त्यो पनि निश्वार्थ रुपले अनवरत रुपमा गर्दै आएका र गरिनै रहने कुरा जोड समेत दिदै हामिलाई कुराकानीको क्रममा बताउनु भएको छ ।

हालसालै लकडाउनमा भैरहवा अस्पतालमा अक्सिजन नपाएर दुई दिनमा १४ जनाले ज्यान गुमाउनु परेको थियोे यो दुख आपत्तिको बेला हेम एण्ड माया फाउन्डेसनको तर्फबाट ५० वटा अक्सिजन सिलिन्डर भरि पुन्य कमाउनु भएको छ।यस कार्यमा रातदिन नभनी आफ्नो ज्यानको बाजि राखेर फिल्डमा आँफै खटेर रातदिन समाज सेवा गर्नु हुने सामाजिक अभियान्ता हेम राज थापा र बिजय जैरु हुनुहुन्छ ।

वरिष्ठ समाजसेवी हेम थापा ज्यु र उहाँकी धर्मपत्नी माया थापा ज्यु
त्यस्तै फाउन्डेसनको सहकार्यमा साउदी स्थित विश्व लिम्बुको नेतृत्वमा समेत बिरामीहरुलाई अक्सिजन वितरण गर्ने पुण्यको कार्य भएको जनाउनु भएको छ । अन्य भई परि आएको खण्डमा हेम एण्ड माया फाउन्डेसन परिवार सदैव सेवामा तल्लिन रहेको समेत प्रतिबद्धता जाहेर गर्नुभएको छ । उक्त फाउन्डेसनका संस्थापक जोडीले सत्कर्ममा साथ दिने तमाम मनहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय