बिहिबार , चैत्र १५, २०८०

“भैरहवा : रुपन्देहीका जनप्रतिनिधि संक्रमित शव बोकेर घाटमा पुर्‍याउन लागिपरेका छन्। ओमसतिया गाउँपालिका अध्यक्ष हिरा (राहुल) केवटले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पुर्‍याउन थालेका हुन्।”

“ओमसतिया गाउँपालिका- २ का ५१ वर्षीय पुरुष संक्रमित भएपछि उनलाई अक्सिजन आवश्यक पर्यो । परिवारले गाउँपालिका अध्यक्षलाई सम्पर्क गरेपछि उनले अक्सिजन सिलिण्डरको व्यवस्था मिलाइदिए । तर, होम आइसोलेसनमा बसेको संक्रमितको सोमबार मृत्यु भयो ।”

“उनले ५ लिटर डिजेल र चार थान पिपिईमा सुरक्षाका मापदण्ड अपनाएर शवको व्यवस्थापन गरिएको बताए । गाउँपालिकाले केही वर्ष अघि फोहोरमैला व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको थियो । सोही ट्याक्टर अहिले गाउँपालिका अध्यक्ष आफैँले चलाएर संक्रमितको शव व्यवस्थापनमा लागेका छन् ।”

“यस अघि गाउँपालिका-३ मा पनि संक्रमितको मृत्यु हुदाँ अध्यक्ष आफैले संक्रमितको शव ट्याक्टरमा राखेर घाटसम्म पुर्‍याएका थिए । ‘महामारीको यो संकटमा हाम्रो परीक्षा पनि हो’ उनले भने, ‘यस्तो संकटमा पनि हामी आगनकै सरकार जनताको सेवक बन्न सक्दैनौँ भने पदमा बस्न बेकार छ ।’”

“गाउँपालिका अध्यक्षले खेती किसानी काम पनि गर्छन् । १५ कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी निषेधाज्ञा अवधिमै तयार भएपछि उनले संक्रमितका परिवारलाई निःशुल्क तरकारीसमेत वितरण गरिरहेका छन् । यसको साथै संक्रमितलाई घरघरमा उनले आवश्यक भिटामिनका औषधी र अण्डा पनि वितरण गर्दैछन् ।(“अन्नपूर्ण पोस्ट बाट )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय