शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

“कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।”

“कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले छिमेकी मुलुक भारतलगायत विश्वभरकै तथ्यांक हेर्दा अक्टोबर/नोभेम्बरमा कोभिडको तेस्रो लहर आउने निश्चितप्रायः रहेको बताए । ‘पहिलो लहरमा बूढापाका र दोस्रो लहरमा युवा बढी प्रभावित भएजस्तै तेस्रो लहरले बालबालिका बढी जोखिममा पर्ने अनुमान छ,’ उनले भने ।”

“कोभिडको पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम थिए । हालको दोस्रो लहरमा कुल संक्रमितमा बालबालिकाको हिस्सा करिब १० प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समेत कोभिडको तेस्रो लहर आउन सक्ने र यसले बालबालिकालगायत खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्ने बताए ।”

“दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने उनको भनाइ छ । ‘राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै क्षेत्रले संयम तोडेर”

“दोस्रो लहर ल्याउन सघाए,’ डा. अधिकारीले भने, ‘तेस्रो लहर चाँडै फैलिन्छ, अत्यन्त जोखिमपूर्ण स्थिति आउन सक्छ ।’ बालबालिकाका लागि खोपसमेत नभएकाले स्वास्थ्यमा जनशक्तिलगायत पूर्वाधार व्यवस्था तत्काल गर्नुपर्नेमा उनले जोड दिए ।”

“कोरोना भाइरसले सहजै रूप परिवर्तन गरिरहेकाले तेस्रो लहरमा बालबालिकालाई तीव्र गतिमा समस्यामा पार्ने डा. बिच्छाको अनुमान छ । ‘हालसम्म बच्चाका लागि कुनै खोप छैन । अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्ष उमेरसम्मका लागि सुरु भयो तर त्यो तत्काल यहाँ आउने सम्भावना देखिँदैन । बच्चाको खोप छिट्टै नआउने भएकाले तस्रो लहरमा उनीहरू नै सर्वाधिक पीडित हुने आकलन हो ।’”

“भारतमा बायोटेकको कोभ्याक्सिन खोप २ देखि १८ वर्ष उमेर समूहमा ‘क्लिनिकल ट्रायल’ चलिरहेको छ । ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले २ देखि १८ वर्षसम्मको उमेर समूहमा कोभ्याक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायलको मन्जुरी दिइसकेको छ । बालबालिकाका लागि सुरक्षित र प्रभावकारी खोपको क्लिनिकल ट्रायलमा नेपाल सहभागी हुन सके बेलैमा खोप आउन सक्ने विज्ञहरू बताउँछन् । बालबालिकाको खोप परीक्षणको परिणाम आउनमा सेप्टेम्बर/अक्टोबरसम्म लाग्न सक्ने डा. बिच्छाले बताए । ‘बच्चामा संक्रमणको विस्तार रोक्न अबको समय अत्यधिक उपयोग गर्नुपर्छ,’ उनले भने ।” मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय