बुधबार , बैसाख १२, २०८१

“काठमाडाैँ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अक्सिजन र भ्याक्सिन खरिदमा पनि सरकारको ध्यान कसरी धेरै कमिसन खाने भन्ने सोचमा रहेको आरोप लगाएका छन्। देउवाले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्नेसमेत स्पष्ट गरे।”

“कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि नै सरकारले पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए। ‘हामीले आवाज उठाइरहेका छौँ।”

“तर, सरकारले सुन्दैन, हाम्रो कुरा मान्दैन,’ उनले भने, ‘बरु सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा पनि कसरी धेरै कमिसन लिने, कति पैसा कमाउने भन्ने कुरा सोचिरहेका छन्। यस्तो भएपछि के गर्ने ? सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । मन्त्रीकै ध्यान कमिसनमा देखिन्छ।”

“सभापति देउवाले सरकार भ्याक्सिन ल्याउने र जनताको जिउज्यान बचाउने कुरामा भन्दा पनि त्यहाँबाट कति कमाउने भन्नेमा केन्द्रित भएकोमा जोड दिए। ‘सबैजनालाई भ्याक्सिनको व्यवस्था सरकारले गर्नुपर्छ। यसका लागि हामी संसदमा कुरा उठाउँछौँ।”

“देशभरिबाट यो कुरामा जोड दिनुपर्छ, भ्याक्सिन नै अहिलेको आवश्यकता हो,’ उनले भने। देउवाले यस्तो वेला कांग्रेसले जनतालाई चाहिँ सचेत गराउनुपर्ने बताए।” मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय