मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

मुम्बई(एजेन्सी) । बलिउडकी सदाबहार सुन्दरी अभिनेत्री रेखाको जिन्दगी निकै चर्चामा रह्यो । उनको जिन्दगी कुनै फिल्मको कथा भन्दा कम छैन । जब–जब रेखाको नाम आउँछ, तब उनीसँग अभिनेता अमिताभ बच्चन पनि जोडिन्छन् ।

एउटा समय थियो, जब अमिताभ र रेखाको अफेयरको चर्चा फिल्म उद्योगमा हुने गर्दथ्यो । त्यो बेला फिल्म उद्योगका चर्चित भिलेन रन्जीत भने पीडित थिए । फिल्म उद्योगका निर्माता तथा निर्देशकको रोजाईमा परेका यी अभिनेतासँग रेखा फिल्ममा काम गर्न मन पराउदिन थिइन् ।

यो त्यो समय थियो, जतिबेला रेखा अमिताभलाई लिएर निकै गम्भीर थिइन् । जुन बेला उनी रन्जीतका साथ काम गरिरहेकी थिइन्, त्यो बेला उनी ज्यादा समय अमिताभसँग बिताउन चाहन्थिइन् । त्यही कारण उनले फिल्मको सुटिङको पूर्ण समय तालिका नै परिवर्तनको काम गरिन् । तर निर्देशकले रेखाको प्रस्तावलाई मान्न अस्वीकार गरेपछि रेखाले फिल्ममै काम नगर्ने अडान लिइन् ।

९० को दशकमा रन्जीतले फिल्म ‘कारनामा’ बनाइरहेका थिए । फिल्मका लागि प्रमुख कलाकारमा धर्मेन्द्र र रेखालाई अनुबन्धित गरे । रन्जीतले बेलुकाको समयमा रेखा र धर्मेन्द्रको सुटिङको समय राखे । तर रेखालाई त्यो समय मनपरेन । जसको कारक व्यक्ति अमिताभ नै थिए ।

एकदिन रेखाले रन्जीतसँग ‘के बेलुकाको सुटिङ समयलाई बिहान सार्न सकिँदैन ? किनकी म अमिताभसँग बेलुकाको समय बिताउन चाहन्छु’ भनेकी थिइन् । रेखा रन्जीतको फिल्मको प्रमुख नायिका थिइन् । यस्तो अवस्थामा रन्जीतले नचाहदा नचाहदै रेखाको कुरा मान्नु पर्यो ।

यो कुरा रन्जीतले धर्मेन्द्रलाई बताएपछि धर्मेन्द्रले रेखाको स्थानमा अन्य कोही अभिनेत्री लिन सल्लाह दिएका थिए । धर्मेन्द्रको सल्लाह पछि यो फिल्म रन्जीतले विनोद खन्ना र फराह नाजका साथ बनाएका थिए ।

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय