शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुपूर्व नै इमरान खान चर्चाको शिखरमा पुगिसकेका थिए । विश्वकै उत्कृष्ट अल राउण्डरमध्येमा पर्ने खानको चर्चा क्रिकेटका कारणले मात्रै होइन, विभिन्न महिलासँगको उनको सम्बन्धका कारणले पनि उनको बेलाबेला चर्चा हुने गर्थ्यो ।

जब जया बच्चनले फिल्म सेटमै रेखाको गाला चड्काइन्
खानलाई कुनै बेला ‘लेडिज म्यान’ पनि भन्ने गरिन्थ्यो । उनले धेरै महिलासँग सम्बन्ध गाँसेका थिए । सुन्दर र आकर्षक व्यक्तित्वका कारण उनीलाई कैयौं महिलाले पछ्याउने गर्थे । कुनै बेला बलिउडका दुई चर्चित अभिनेत्री रेखा र जीनत अमनसँग पनि उनको नाम जोडिएको थियो ।

रेखाको सिन्दुरसँग जोडिएको राज के हो ?
रेखाको प्रेम जीवनबारे अझै पनि निकै चर्चा हुने गर्छ । उनी र अमिताभ बच्चनबीचको असफल प्रेम सम्बन्धबारे सबैलाई थाहा छ । उनले कुनै बेला पाकिस्तानी प्रधानमन्त्री खानसँग पनि सम्बन्ध गाँसेकी थिइन् ।

अमिताभ र रेखाको अधुरो प्रेम कहानी…
द स्टारमा प्रकाशित एक लेखमा रेखा र खानले विवाह गर्न लागेको उल्लेख गरिएको थियो । उक्त लेख अनुसार दुबै जना वैवाहिक सम्बन्धमा गाँसिन तयार भएको र यसका लागि रेखाकी आमाले पनि अनुमति दिएकी थिइन् ।

६६ वर्षको उमेरमा पनि सुन्दरताको कारण चर्चामा रेखा !
खान र रेखा मुम्बई (त्यतिबेलाको बम्बई) मा एक महिना सँगै बसेका थिए । सो अवधिमा दुबै जना समुन्द्री तट र नाइट क्लबमा सँगै जाने गर्थे । इमरानसँगको सम्बन्धलाई रेखाकी आमाले स्वीकृति दिएकी थिइन् । रेखाकी आमाले सम्बन्धलाई विवाह बन्धनमा परिणत गर्न चाहेको र ज्योतिषसँग सल्लाह गर्न दिल्ली गएको लेखमा उल्लेख गरिएको थियो ।

‘रेखालाई मेरो सम्पत्ति नदिनु’ भन्दै जब मुकेशले देहत्याग गरे…
सो लेखमा रेखा र खानको केमिस्ट्रीबारे उल्लेख गर्दै ‘उनीहरुको निकटताबाट’ मानिसहरु आश्चर्यमा परेको पनि उल्लेख गरिएको छ । दुबै जनालाई सँगै देखेपछि मानिसहरुले ‘उनीहरु दुबै जनाले एकअर्कालाई निकै र मनैदेखि माया गर्थे’ भनेर सोच्न थालेका थिए ।

अमिताभ बच्चनको प्रेममा पागल भएकी रेखाका चर्चित ५ अफयेर
यसबाहेक, उक्त लेखमा नायिकाहरुसँगको डेटिङबारे खानको धारणालाई पनि राखिएको छ । ‘नायिकासँगको मित्रता/सम्बन्ध छोटो समयका लागि राम्रै हुन्छ । मैले उनीहरुसँगको सम्बन्धमा केही समय रमाउँछु र त्यसपछि अघि बढ्छु’, खानलाई उदृत गर्दै लेखमा भनिएको छ, ‘फिल्मका कलाकारलाई विहे गर्ने कुराबारे मैले सोच्नै सक्दिनँ ।’

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय