शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

राज कुन्द्रा र शिल्पा शेट्टी बलिउडको सबै भन्दा पलपुर जोडी मध्ये एक हुन् । दुवैको जोकलाई फ्यानले ज्यादै मनपराउँछन् । सोसल मिडियामा नयाँ ट्रेन्ड बसाउने काममा दुवै जना अगाडी छन् ।

सौन्दर्यताकी खानी तथा योगाकी रानी बलिउड अभिनेत्री शिल्पा सेट्टी सधै सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनको यस कार्यमा उनका पति राज कुन्द्राले पनि भरपुर साथ दिने गरेका छन् ।

शिल्पाले आफु भन्दा २ वर्ष कान्छा व्यापारीसँग बिहे गरेकी हुन् ।

यो लकडाउनको समयपछि राजले पनि शिल्पाका भिडियोहरु शेयर गरिरहेका हुन्छन् । हाल राज कुन्द्राले शेयर गरेको एउटा भिडियो भाईरल भएको छ । जसमा उनले आफ्नी पत्नी शिल्पालाई माईत पठाउन जोडजाम गरेको देख्न सकिन्छ ।

उनले इन्ष्टाग्राममा शेयर गरेको उक्त भिडियो देखेर जो कोही हैरान हुन्छ । भिडियोमा राज आफ्नी पत्नी शिल्पालाई सोध्छन्– सुन यदि मेरो लट्री लाग्यो भने तिमि के गर्छाै ? यो प्रश्न प्रति प्रतिक्रिया दिदै शिल्पाले भन्छिन् आधा रकम लिन्छु र सधैको लागि माईती जान्छु ।

खुशी हुदै राज कुन्द्राले भन्छन् – एक हजारको लट्री परेको छ आज । यी लेउ आधा रकम अनि निस्केर जाउ । वास्तवमा यो उनीहरुले बनाएको मज्जाक भिडियो रहेको छ । अहिले सामाजिक सञ्जालमा दर्शकले जमेर प्रतिक्रिया दिईरहेका छन् ।

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय