शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

गीता कपूर बलिउडकी चर्चित कोरियोग्राफर हुन् । उनलाई अधिकांशले गीता ‘मा’ भनेर बोलाउने गर्छन् । उनी बलिउडका सबै हस्तिसँग नजिक छिन् र सबैकी प्रिय पनि हुन् ।

उनै गीताले आज इन्स्टामा केही तस्विरहरु सार्वजनिक गरेकी छिन् जस्मा उनी बेलुकी जस्तै सजिएकी छिन् । उक्त्त तस्विरमा उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ ।

दर्शकको अनुसार गीताले गोप्य विवाह गरेकी छन्। गीता कपूरलाई रातो पहिरनमा निकै सुन्दर देखिएको छ। उनले आफ्नो लुकलाई हल्का मेकअप, रातो लिपस्टिक, सिन्दुरले पूरा गरेकी छन्। यसका साथै घाटीको नेकलेस, औँठी र झुम्काले उनको लुकलाई परफेक्ट बनाएको छ।

फ्यानहरु गीताको फोटो देखेर प्रश्न गरिरहेका छन् कि आखिर यो सिन्दुर कसको नामको हो ? एक फ्यानले लेखेका छन्, ‘मा’ को सिउँदोमा सिन्दुर …’मा’ को बिहे कहिले भयो ?

सिने उधोगमा यतिबेला नायिकाहरु आमा बन्ने लहर चलेको छ । नायिका प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र कलाकार रक्षा श्रेष्ठ यतिबेला आमाको अनुभुती गरिरहेकी छन् । यी सबैको विवाह भएको खासै धेरै वर्ष बितेको छैन । कोरोना महामारीले जारी लकडाउन संगै सिने उधोग ठप्प बन्दा फुर्सदिलो बनेका यी अभिनेत्रीहरुलाई आमा बन्ने अवसर जुटेको बुझ्न सकिन्छ ।

यी आमाको अनुभुती लिन तयार रहदै गरेकी मध्ये प्रीयंका कार्कीको निकै चर्चा, आलोचना र ट्रोल भएपनि अन्यको भने खासै चर्चा भएको देखिन्न । अहिले गरिमा पन्तको बेबी बम्पको फोटोहरु सार्वजनिक भएको छ । उनको फ्यानहरुले राम्रो रेस्पोन्स गरेका छन् ।

केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय