शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

भारतीय गायिका नेहा कक्कड चर्चामा आइरहने गायिका हुन् । उनका हेरक कृयाकलाप समाचारका हेडलाईन बन्छन् । हुन पनि उनले गरेको संघर्षले धेरैको आखाँ रसाउँछ र उनको फंयान फलोइङ् पनि धेरै नै छन् ।

चर्चित गायिका नेहा कक्कड गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्ने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी बोल्ड एण्ड ब्युटी देखिएकी छन् ।

सार्वजनिक तस्बिर फ्यानले निकै रुचाएका छन् । सो तस्वीरहरुलाई उनका श्रीमान रोहनले खिचेका हुन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् । उता रोहनले पनि आफ्नो ईन्स्टाग्राममा सोहि ठाउमा सोहि प्रकृतिको फोटो खिचेर पोस्ट गरेका छन् । सो फोटोलाई नेहाले खिचेको भनेर मेन्सन गरेका छन् ।

केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । आफ्नो आउँदो गीत प्रमोसनका लागि सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नेहा बाल्यकालमा जागरण गर्थिन् र उनको यो कुराका विषयमा जोकोही पनि जानकार छन् । सन् २००६ मा नेहा ‘इण्डियन आइडल सीजन २’मा प्रतिष्पर्धीका रुपमा देखिइन् । भलै उनले यो उपाधि नजिते पनि आफ्नो शानदार गायकीका कारण धेरैको मन जितिन् ।

यसपछि नेहाले आफ्नो करियर सन् २००८ मा ‘नेहा द रकस्टार’ नामक एल्बम ल्याइन् । तर यो एल्बमले उनलाई पहिचान दिलाउन सकेन ।

सन् २००८ मा ब्रेकपछि नेहाले बलिउडमा गायन यात्रा शुरु गरिन् । सन् २०१४ मा उनले गाएको गीत ‘मनाली ट्रान्स’ जबरदस्त हिट भयो । यो गीत पछि उनले एकपछि अर्को हिट गीत दिइन् । केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय