शनिबार , बैसाख ८, २०८१

काठमाडौं । एमालेका सांसद एवम् नेता महेश बस्नेतले अर्काको दल विभाजन र सांसद खरिद बिक्रीमा रेकर्ड ब्रेक गरेका छन् ।

गत वर्ष तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीको जलेश्वरबाट अपहरणको आरोप लागेका एमालेका नेता बस्नेतको एक वर्षभन्दा बढी समय खर्च गरेर अर्काको दलमा हस्तक्षेप गर्ने र सांसद खरिद बिक्रीमै केन्द्रित रहेको आरोप छ ।

बस्नेतले एमालेका सासद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालसँग मिलेर संघीय समाजवादीका सांसद सुरेन्द्र यादवलाई उठाएका थिए । सांसद यादवलाई उठाएर बस्नेतले रातारात काठमाडौंको नागपोखरीमा रहेको पाँचतारे होटेलमा बन्दी बनाएर राखेको रहस्य बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले खुलासा गरेपछि अपहरणको रहस्य बाहिर आएको थियो ।

बिगतमा ‘डन’को छवि बनाएका बस्नेतलाई तत्कालनी समयमा एमालेले माओवादीको प्रतिकार गर्न युथ फोर्सको संयोजक बनाएपछि एकाएक चर्चामा आएका थिए ।

Ads by AdMana.net
बिहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा)का १५ जना सांसदहरूलाई भक्तपुरको एउटा रिसोर्टमा लगेर राखेपछि बस्नेतको सबै हर्कतको भण्डाफोर भएको छ । बस्नेतले भक्तपुरको डोलेश्वर रिसोर्टमा जसपाका सांसदहरूलाई तीन दिनदेखि राखेको रहस्य जसपाका अध्यक्ष उपेन्द्र यादवले खुलासा गरेका छन् ।

नेता बस्नेतकै दल एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मधेश आन्दोलनका बेला मारिएका मधेशी जनतालाई ‘पाकेको आँप’ झरेको भनेर अपमान गरेका थिए । ओलीले नै सम्म परेको भाग सबै मधेशीलाई दिनुपर्ने भनेर अपमान गरेका थिए ।

एमालेकै नेता शंकर पोखरेलले मधेशीहरू कालो वर्णका हुने र व्यवहार पनि त्यस्तै खालको गर्ने भनेर होच्याएका थिए ।

गण्डकी प्रदेशमा पनि एमालेको सरकार बचाउन बस्नेतले राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अपहरण गरेको आरोप छ ।

जनमोर्चाका सांसद शाहीलाई राखिएको अस्पतालमा नेता बस्नेत भेटिएका थिए । बस्नेतलाई एमालेका गण्डकी प्रदेशका सांसद राजिव पहरीले स्वागत गरेका थिए ।

एमालेका नेता बस्नेतले भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ मा रहेको एमालेकै कार्यकर्ताको डोलेश्वर रिसोर्टमा जसपाका केही सांसदलाई तीन दिनसम्म राखेका थिए । बस्नेतले अर्काको पार्टीका सांसदलाई रिसोर्टमा राख्नु राजनीतिक नैतिकताभन्दा फरक कुरा थियो ।

जसपाका नेताहरूलाई फकाउने बस्नेतको अभियानमा गोकुल बास्कोटाको पनि कनेक्सन रहेको आरोप छ । उपेन्द्र यादवलाई पार्टी फुटाउन नदिने जिम्मेवारी एमालेका नेता बस्नेतले लिएका छन् ।

एमालेको भोज खान रिसोर्टमा जसपाका सांसद लक्ष्मणलाल कर्ण गएनन् । सांसद रुही नाजलाई बस्नेतले डोलेश्वर रिसोर्टमा ल्याएका थिए । सांसद चन्द्रकान्त चौधरीलाई पनि बस्नेतले रिसोर्टमा लगेका थिए ।

सांसदहरूलाई सुरक्षित गरेर ठाकुरको पक्षमा २३ जना पु¥याउने र उपेन्द्र यादवलाई पार्टी फुटाउन ४० प्रतिशत पुग्न नदिन महेश बस्नेतको समूह सक्रिय भएको आरोप छ ।

महन्थ ठाकुरले एमालेको सूर्य चनाव चिन्ह लिएर मधेशमा गठबन्धन गरेर उम्मेदवार बन्ने चर्चा पनि छ ।

जसपाका सांसदहरूलाई बन्धक बनाएर राख्ने कार्यमा एमालेका नेता बस्नेतलाई सूर्यविनायक नगरपालिकका मेयर वासुदेव थापा, सूर्यविनायक नगरपालिका– ८ का वडाध्यक्ष किरण थापा, युवा संघका नेता सञ्जीवकुमार झा, बस्नेतका सहयोगीहरू मञ्जीव क्षेत्री, दीपेश खड्का, नवीन बस्नेतलगायतका १० जनाको समूहले रिसोर्टलाई सुरक्षा दिएको स्रोतको भनाइ छ ।

मधेशी जनताको नाममा राजनीति गर्दै आएका महन्थ ठाकुर र राजेन्द्र महतोको ग्याङ् एमालेको शरणमा पुग्नुलाई प्रश्न उब्जिएको छ ।

देशभरिका जनता अक्सिजन नपाएर कोरोनाभाइरसको संक्रमणबाट उपचार नपाएर मरिरहेका छन् । जसपाका सांसद र नेताहरू एमालेको भोज रिसोर्टमा खाएर बसेका छन् ।

रिसोर्टमा जसपाका सांसदहरूलाई ५०–५० लाख वितरण गरेको चर्चा पनि छ । सांसदलाई पैसा वितरण गरेको प्रमाण रिपब्लिका दैनिकले फेला पार्न सकेको छैन ।

रिसोर्टमा जसपाका सांसदहरूलाई खान, बस्न, मदिरासहितको व्यवस्था थियो । बिहीबार भने सांसदहरू बसेनन् । ओलीलाई राष्ट्रपतिले नियुक्ति गरेपछि जसपाका सांसदहरू रिसोर्टमा खानपिन गरेर मध्यराति बाहिरिएको एक जना सांसदले जानकारी दिएका छन् ।

एमालेका नेता बस्नेतले जसपाका सांसदहरूलाई खानका लागि गाउँमा पालिएका लोकल भाले, जंगली बँदेल, कालिजको व्यवस्था गरिएको थियो ।

सांसदहरूले लोकल भालेको झोलसहितको मासु, भुटेको मासु, बँदेलको उसिनेको चाना, कालिजको झोल मन पराएर खाएका थिए । भक्तपुरको जुजु धौ अर्थात दहीको पनि व्यवस्था थियो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले भेज खाना खाएका थिए । ठाकुरले मदिरा खाएका थिएनन् । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कालिज र कुखुराको झोल र मासु थपीथपी खाएको प्रत्यक्षदर्शी ती सांसदले बताएका छन् ।

अरु सांसदहरूले लोकल भालेको झोल र मासु, उसुनेको बँदेलको मासु, कालिजको झोल मासु, खुसीका परिकार, भात, नान रोटी, ९ प्रकारका तरकारी, दुई थरी दाल खाएको स्रोतले जनाएको छ ।

सांसदहरूलाई डबल ब्ल्याक लेबल, यार्सा गुम्बा ह्वीस्कीको व्यवस्था गरिएको थियो । सबै सांसद रक्सी भने खाएनन् । ५–६ जना सांसद र एमालेका नेता बस्नेतका चेलाचाकडहरूले रक्सी खाएका थिए । बस्नेतले पनि रक्सी खाएका थिएनन् ।

जसपाकी सांसद निर्जला राउतले एब्सलुट भोड्का खाएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला भनेर परिचित भक्तपुरमा जसपाका नेताहरूले निषेधाज्ञाका बेला रमाइलो गरेका छन् । निषेधाज्ञामा जनता भोकै छन् । उपचार पाएका छैनन् । ओलीले जसपाका सांसदहरूलाई मीष्ठान भोजन खुवाएका छन् ।

रिसोर्टमा मात्रै करीव १० लाखको खर्च भएको एक सांसदले दाबी गरेका छन् । पैसाको व्यवस्था सबै बस्नेतले गरेका हुन् ।republicadainik bat

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय