मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

“एकातिर सर्पलाई देवताको रुपमा पूजा गर्ने अर्कोतिर सर्प देख्नेसाथ मा’रिहा’ल्ने काम तपाई हामी नै गर्छौै । तर सर्पले किराफट्यांग्रा खाएर इकोसिस्टमलाई सन्तुलित बनाइ राख्छ । सर्पको वि’षबाट क्या’न्सर, मुटुरोग, पाकिन्सन आदिको औ’षधि बनाइन्छ । बर्सेनि सर्पको पुजा चाहीँ गर्ने तर सर्पकै बारेमा आजिवन भ्रम पालेर तपाई हामी बाँचिरहेका छौं भन्दा फरक पर्दैन ।”

“भारतमा नागिन भन्ने सिनेमा चल्दा बिन बजाएको आवाजले सिनेमा हलमा सर्पहरु धेरै आए भन्ने हल्ला फैल्याइयो । सर्पको चटक देखाउनेहरुले बिन बजाएर सर्प नचाएको त तपाई हामीले पनि देखेका छौं । खासमा सर्पले बिनको आवाज सुनेर नाचेको होइन । किनभने सर्पको कान नै हुँदैन । सर्पको जिब्रोले तरंग महशुस गर्छ । त्यसकै आधारमा आफ्नो आहारा खोज्छ । बिनमा झुण्ड्याएको झुम्का आदि हेरेर त्यसकै आधारमा सर्पले प्रतिक्रिया जनाएको हुन्छ । त्यसलाई बिनको आवाजमा सर्प नाचेको भनेर परिभाषित गरिन्छ ।-

“यसै क्रममा तपाईले दुईवटा सर्प नाचेको देख्नुभएको छ धनकुटामा दुई वटा सर्प तीन दिनदेखि नाचिरहेक छन् । अहिले सामाजिक सञ्जालमा त्यो भिडियो निकै भाइरल भएको छ । स्थानिय टाढा बसेर हेरिरहेका छन् । उनीहरुले यस्तो दृष्य कहिल्यै नदेखेको बताएका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।”

ध”नकुटा नगरपालिका(६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् । भिडियो खिच्ने ब्यक्तिले त्यसवारे ब्याख्या गर्दै भनेका छन् । तीन दिन देखि यिनीहरु यसरी नै लडिरहेका छन् ।”

“भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ । स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर यस्तौ गरिेरहेका छन् । बस्ती नजिकै सर्प त्यसरी नाचेको देखेपछि स्थानिय भेला भएर हेरेका छन् । उनीहरु विस्तारै नाच्दै गाउँतिर आएको देख्न सकिन्छ । सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ ।” मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय