शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

के’हिदिन यता सामाजिक सञ्जालमा बझागंको एउटा तस्बिर भाइरल भैइरहेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका १ मा बनाइएको कोभिड आईसोलेसन सेन्टर असुरक्षित, अव्यवस्थित र न्युन गुण स्तरिय भएको भन्दै चौतर्फी आलो चना भैइरहेकोछ । पुर्व सचिव भिम उपाध्याय लगाएत धेरैले लाखौमा बनेको गुणस्तरहिन कोभिड अस्पताल भन्दै आलोचनात्मक पोस्ट गरेका छन् ।

जस्ताको पर्खाल लगाएर नि’लो रंगको जस्ताको छानो राखिएको टहराको बनोट र लागतमा भने आकाश–धर्तीको फरक पाइएको छ। हावा हुरिले नउडाओस् भनेर टहराको छानो अड्याउन बोरामा माटो भरेर राखिएकोछ। झ्यालहरु अस्तव्यस्त देखिन्छन् । निकै कन्जु स्याई गरेर निर्माण गरिएको उक्त टहराको लागत भने १३ लाख रहेको खुलेको छ । गाउँपालिकाले उक्त टहरा निर्माण गर्न पटक–पटक गरि १३ लाख भुक्तानी गरिसकेको भेटिएकोछ ।

नेपाल आजसँग कुरा गर्दै गाउँपालिकाका निमित्त प्रशासकिय प्रमुख धनराज जोशीले उक्त टहरा र सँगै बनेको ट्वालेटको लागत १३ लाख रहेको खुलाए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड संक्रमण तिव्र बन्दै गएपछि स्थानिय तहले पनि संक्रमितको उपचारको लागि आइसोलेसन निमार्ण थालेका थिए । संक्रमितलाई कोभिड भैइसकेपछि सुरक्षित वातावरण र उपचार आवश्यक पर्छ ।

विरामलाई थप स्वास्थ जटिलता नहोस् र समुदायमा को’रोना नफै’लियोस् भनेर आईसोलेसन सेन्टर निर्माण गरिन्छ । संक्रमितलाई निमोनिया हुनबाट जोगाउनु पर्ने स्वास्थकर्मीको भनाई छ । कोभिड भएको व्यक्तिलाई निमोनिया भए ज्यानै जाने खतरा हुन्छ । तर, केदारस्युँ गाउँपालिकाले निर्माण गरेको आइसोलेसन अस्पतालमा भने झ्याल समेत सुरक्षित नभएको एकजना स्थानिय बताउँछन् ।

को’रोना पो’जेटिभ देखिएका सं’क्रमित आईसोलेसन सेन्टमा असुरक्षित महसुस गरेर घर नजिकै गएर बस्छन् । अहिले आइसोलेसन सेन्टरमा ५ वटा बेड भएपनि एक जना सं’क्रमित बसेको छैन । आफन्तलाई को’भिड सं’क्रमण भएपछि जिल्ला अस्पतालमा उपचार गराई रहेका एकजना विरामीका आफन्त भन्छन्, ‘मेरो आफन्तलाई कोभिड देखिएपछि हामी एकदिन गाउँपालिकाको आईसोलेसन सेन्टरमा बस्यौ ।

भित्र दुईटा जति बेड राखिएका छन् । बेड पनि कुहिएका छन् । झ्याल पनि नअडिने । राती कुकुर, स्याल सजिलै भित्र छिर्ने झ्याल छन् । बस्नै सकेनौ त्यसैले चैनपुर आउनु पर्यो ।’ स्थानिय तहमा सुरक्षित आईसोलेसन सेन्टर नभ’एको हुनाले विरामीले निकै सास्ति पाईरहेको ति स्थानियको भनाई छ । ‘अस्ति गाउँकै दुई जना बुढा बुढी विरामी भएका थिए । उनिहरु एकदिन त्यहि आईसोलेसन सेन्टरमा बसे ।

पछि सुरक्षित महसुस नभ’एको भन्दै हिडेरै जिल्ला अस्पताल गए । उनि भन्छन् ।’ गाउँपालिकाले बनाएको उक्त आईसोलेसनमै एक जना पुरुषको मृत्य समेत भएको छ । को’भिड सं’क्रमण भएपछि आईसोलेसनमा बसेका ति पुरुष तिनदिनपछि मृत्यू भएको रायल प्राथमिक स्वास्थ चौकीका प्रमुख डम्बर धामीले बताए । ‘गाउँपालिका क्षेत्र भित्र ४५ जना सक्रिय संक्रमित हुँदापनि गाउँपालिकाले नै बनाएको को’भिड अस्पतालमा एकजना पनि सं’क्रमित बस्ने गरेकाछैनन् ।

को’रोना पोजेटिभ देखिएपनि संक्रमित घर नजिकै गएर बस्छन् अहिले आइसोलेसन सेन्टरमा ५ वटा बेड भएपनि कोहि बसेकाछैनन् ।’ स्वास्थ चौकीका प्रमुख डम्बर धामी भन्छन् । सं’क्रमितको दर दिन प्रतिदिन बढिरहेको छ । तर, गाउँपालिकाले १३ लाख खर्च गरेर बनाईएको कोभिड अस्पताल प्रयोग विहिन जस्तै देखिएको छ । गाउँपालिकाले लाखौँ खर्च गरेर बनाईएका कोभिड अस्पताल प्रयोगमा नआउनुमा जनप्रतिनिधी तथा कर्मचारीको चरम लापरबाहि रहेको सरो’कारवालाको भनाई छ ।

कमसल निर्माण सामाग्री गरेर टालटुले तरिकाले छाप्रो निर्माण गरेर जनप्रतिनिधि र कर्मचारीले चरम आर्थिक हिनामिना गरेको सरोकारवालको दाबी छ। ‘टहराको बनावट हेर्दा एकदेखि दुईलाख सम्मको पनि छैन । तर गाउँपालिकाले करिब १५ लाख खर्च गरेर राज्य को ढुकुटी रित्तो पारेको छ ।’ एकजना स्थानिय नेताले बताए । नेपाल आज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय