बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

भारतबारे दिएको एउटै अभिव्यक्तिले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डको कडा आलोचना भएको छ ।

प्रचण्डको अभिव्यक्तिलाई केपी ओली समूहले आपत्तिनक भन्दै सामाजिक सञ्जालमा भण्डाफोर गरेको छ ।

संसद पुनर्स्थापनापछि कांग्रेस र जसपाको घरदैलोमा सत्ताका लागि दौडिरहेको प्रचण्डले भारतको लागि पनि कम्फर्ट हुनेगरी सरकार बनाउने भनेपछि चौतर्फी आलोचना भएको हो।

प्रचण्डले कांग्रेस, दाहाल नेपाल समूह र जसपाको संयुक्त सरकार भारतका कम्फर्टेबल हुने अभिव्यक्ति दिएका छन् । जसलाई राष्ट्रघातसँग पनि जोडिएर हेरिएको छ ।

हुन त प्रचण्डलाई बोलिको ठेगान नभएको नेता पनि भनिन्छ ।

बोल्दा के बोल्दैछु भन्ने भेउ नपाउने जे पनि बोलिदिने, बोलि फेर्ने प्रचण्डको बानीले पूर्वमाओवादीहरु नै आजित छन् ।

अहिले प्रचण्डले भारतलाई जोडेर सरकार बन्ने कुरालाई विवादित र जनताका नजरमा आलोचित बनाएपछि दाहाल नेपाल समूहका पूर्वएमाले नेताहरु सशंकित बनेका छन् ।

प्रचण्डको अभिव्यक्तिले सामाजिक सञ्जालमा राष्ट्रवादी छवि बनाएका भीम रावलको चर्को खोजी भइरहेको छ ।

प्रचण्ड अभिव्यक्तिमा प्रतिक्रिया नदिएको भन्दै आलोचना भइरहेको छ ।

पूर्व एमाले समूहका एक नेताका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलहरु प्रचण्डले खुल्लम खुल्ला सत्तामा भारतलाई जोडेपछि असन्तुष्टि जनाएका छन् ।

सत्ताको योजना नबन्दै चौपट पारेपछि यस्तो तालले प्रचण्डसँग धेरै लामो सहकार्य हुन नसक्ने पनि उनीहरुले निष्कर्ष निकालेका छन् ।

यता ओली समूह भने सामाजिक सञ्जालमा प्रचण्डको अभिव्यक्तिविरुद्ध आक्रामक रुपमा उत्रिएको छ ।

युवा संघका उपाध्यक्ष सञ्जीव झा सुरज भन्छन्, प्रचण्डले खुल्लम खुल्ला कम्युनिस्ट सरकार ढालेर काङ्ग्रेसको सरकार बनाउछु भन्छन्, आफ्नो देश र जनताको स्वाभिमान खसाएर भारतको लागि कम्फर्ट सरकार बनाउँछु भन्छन्।

यस्का पछाडि लागेका कम से कम पूर्ब एमालेको नेताहरुको बुद्दी खुलोस।

शान्ता चौधरी भन्छिन्, सत्य आफ्नै मुखबाट उजागर हुन्छ भन्थे हो रहेछ ।

भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरि सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।

बिदेशी इसारामा नेपाली जनताको भाबनाको अपमान हुने गरि बिगत एक बर्ष देखिका अनेक हर्कत भएका रहेछन भन्ने अब प्रस्ट भयो ।

देशको सार्बभौमिकता र जनताको स्वाभिमान माथि खेल खेल्नेहरु लाइ बेलैमा चिन्न जरुरी छ । अध्यक्ष कमरेड प्रचण्डले हामिकेहिमा रहेको भ्रम चिरिदिनु भयो ।

https://nepalpana.com/ बाट साभार गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय