बिहिबार , मंग्सिर २३, २०७८

काठमाडौं ।

कुनै बेला दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ।

माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ।

कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारहरू हेर्दा उनीहरू हरहालतमा माओवादी शक्तिहरू एक होउन् भन्ने चाहन्छन्।

भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार हो। तर, भावनाले मात्र पार्टी एकता हुँदैन। पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ।

तर, हामीकहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा अर्को घटकलाई दोष दिने, असफल भएमा एकताको औचित्य देख्ने अवसरवादी सोंच देखिएको छ। तसर्थ, एकताका निम्ति हामीले ठोस वैचारिक, राजनीतिक र संगठनात्मक आधार तयार पार्नुपर्छ।

यतिबेला माओवादी आन्दोलन मूलतः चार कित्तामा बाँडिएको छ, १। प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), २। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), ३।

डा। बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी। यसबाहेक आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँतीको नेकपा (माओवादी केन्द्र), रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक) लगायतका अरु घटकहरू पनि छन्।

तर, तिनीहरूको अलग वैचारिक दृष्टिकोण र संगठनात्मक आधार नभएका कारण उल्लेखित चार घटकहरूभित्र नै उनीहरूलाई राखेर हेर्न सकिन्छ।

एमालेसँग एकता प्रक्रिया भंग भएपछि र पछिल्लोसमय केपी शर्मा ओली र माधवकुमार नेपालबिच समझदारी जुटेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले २०६४ कै अवस्थामा माओवादी एकताको आवाज उठाएका छन्।

एकताको चाहना असाध्यै राम्रो छ। तर, एकतापूर्व हामीले माओवादी घटकबिच के–के कुरामा बिमति छन्, के–के कुरामा नजिक छन् र के–के आधारमा एकता गर्न सकिन्छ रु त्यसबारे गहन छलफल गर्न आवश्यक छ। म यहाँ बुंदागत रूपमा ती कुरालाई सरल रूपमा उल्लेख गर्न चाहन्छु, ताकि नेताहरूले ती कुरालाई ध्यानमा राखेर एकताको आधार खोजून् र माओवादी आन्दोलन फेरि एकीकृत हुन सकोस्।

सुचना संजाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय