बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन ईकाईको निर्णयअनुसार कोभिड १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले आफैंले प्रि-रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप तयार पारिएको छ ।

मन्त्रालयका अनुसार यो स्वेच्छिक फारम भरेका व्यक्तिहरूले प्राथमिकता र खोपको आधारमा खोप लगाउन पाउनेछन् । ‘यो फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूलाई भर्न आह्वान गरिएको छ,’ मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयका अनुसार यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्था गर्नका लागि सहज हुनेछ । याे सेवा लिन स्वास्थ्य मन्त्रालयकाे याे वेबसाइट भिजिट गर्नुहाेस् ।

त्यहाँ रहेकाे स्वयं आवेदन दर्ता, अन्य व्यक्तिमार्फत आवेदन दर्ता, संस्थामार्फत आवेदन दर्तामध्ये एक विकल्प छनाैट गर्नुहाेस् । त्यसपछि मागिएकाे विवरण भरेर पेश गर्नुहाेस् ।

पेश गरिसकेपछि दर्ता कार्ड वा दर्ता नम्बर र तपाईंको परिचय खुल्ने परिचयपत्रसहित खोप अभियान संचालन भएको वखत, खोप केन्द्रमा आउन अनुरोध गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय