बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

भारतीय सेनाका पूर्व जर्नेल गगन दिप बक्सीको एउटा अभिव्यक्ति भारतमा मात्र नभई नेपालमा समेत चर्चा बनेको छ । नेपाल र भारतबीच सिमा विवा’द उत्कर्षमा पुगिरहँदा पूर्व जनरल बक्सीले नेपालमा हिन्दु राष्ट्र ध्व’स्त पारेर माओवादीलाई स्थापित गर्नु नेपाल मामलामा इतिहासकै ठुलो ग’ल्ती भएको तर्क गरेका छन् ।

‘हिन्दु राज्य ध्व’स्त पारेर माओवादीलाई स्थापित गर्नु हाम्रो ठुलो ग’ल्ती थियो,’ एबीपी न्युजको अन्तवार्तामा जनरल बक्सीले भने, ‘माओवादीलाई समर्थन गर्दा से’ल्फ गो’ल थियो ।’ कम्युनिस्टहरुले नै नेपालमा चीनलाई ल्याएर भारतलाई चुनौ’ती दिएको उनको भनाई थियो । उनले भने, ‘म सिधा भन्छु कि यो भारतले गरेको आफैमाथिको गो’ल थियो । अब मिल्यो नि फल !’

प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट वामपन्थी पठाई पठाई माओवादीलाई स्थापित गरिदिएको स’जाय भारतले भो’गिरहेको तर्क गरे । उनले भने, ‘हामी छत्तीसगढमा माओवादीसँग ल’डि’रहँदा कँग्रेस आईको पालामा नेपालमा जेएनयुबाट कम्युनिष्ट पठाउने ग’ल्ती भयो ।’

नेपाली राजनीतिमा स्थापितमध्ये कम्युनिस्ट नेताहरु जेएनयुमा अध्ययन गरेर फर्किएका हुन् । पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई जेएनयुमा अध्ययन गरेका थिए । जेएनयुमा तत्का’लिन माओवादी नेताहरुको बाक्लो ओहोरदोहोर हुन्थ्यो ।

त्यहाँको पुस्तकालयमा काम गर्ने बामदेव क्षेत्री माओवादी जन’यु’द्ध’का’लमा प’क्रा’उ परेका थिए । विगतको यस्तो इतिहास रहेको अवस्थाबीच बक्सीको भनाई अर्थपूर्ण छ । त्यसमाथि उनी भारतीय र’क्षा’मन्त्री राजनाथ सिंहका निकट मानिन्छन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालसँग भारतको रोटीबेटीको मात्र नभई र’ग’तको सम्ब’न्ध रहेकाले कुनै हालतमा यु’द्ध हुननसक्ने स्पष्ट पारे । उनले भने, हाम्रो नेपालसँग र’ग’तको सम्बन्ध भएकाले यु’द्ध अस’म्भव छ । नेपालका गोर्खा सिपाहीले भारतका लागि र’ग’त बगाउँदै आएको स्मरण गराउँदै विगतका ग’ल्ती सच्याउनुपर्ने बताए ।

उनले बारम्बार विश्वको एकमात्र हिन्दु राष्ट्रको अवस्थाको र’क्षा गर्नुपर्नेमा जोड दिए । उनले पटक पटक चीनलाई कम्युनिस्टले नेपालमा ठाउँ दिएको बताए । चीनले नेपालमा अरबौं खर्च गरिरहेको समेत उनले आ’रो’प लगाए । साभार श्राेतः रिपोर्टर्स नेपाल।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय