मंगलबार , बैसाख ४, २०८१

काठमाडौं ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर बढ्दै गएपछि बिरामीहरुका लागि अक्सिजन अभाव एक मुख्य चुनौतीका रुपमा देखिएको छ । तर बाबा रामदेवसहित अन्य केही मानिसहरु अक्सिजनलाई लिएर अनेक दावा गर्दै आइरहेका छन् ।

यो बीचमा भारतमा एक वृद्धले गरेको तरिकाले सबैलाई हैरान बनायो । ताजा हावाका लागि एक वृद्धले रुखको बास बनाएका छन् । जानकारी अनुसार उनको अक्सिजन लेभल ९९ पुगेको छ ।

भारतको नयाँ पत्रिकाका अनुसार इन्दौरको समप्प राउ रंगावासा का राजेन्द्र पाटीदारा शुद्ध हावाका लागि पिपलको रुखमा नै डेरा बनाएर बनाएर बसेका हुन् । दिनमा जब उनलाई मौका मिल्छ उनी २४ घण्टा अक्सिजन दिने पिपलको रुखमा चढ्छन् ।

रुखमा वस्नका लागि उनले खास व्यवस्था पनि मिलाएका छन् । रुखमा उनी कुर्सी राखेर गज्जबले बस्छन् । उनी रुखमा योगा पनि गर्छन । यस तरिकाले कोरोनाबाट संक्रमित भएर अक्सिजन खाँचो परेकाहरुलाई सहयोग गर्न सकिन्छ वा सकिदैँन भन्ने कुरा चाँही अहिलेसम्म खुलेको छैन ।

जनवोली दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय