मंगलबार , चैत्र १४, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

समय समयमा सामाजिक सञ्जालमा अनेक भिडियोहरु भाइरल भइरहेका हुन्छन् । यस्तै एक भिडियोले अहिले हंगामा मच्चाएको छ । हजुरआमा र नातिको धेरै हास्यास्पद भिडियो भाइरल भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा आजका हजुरआमा र नातिनातिना बीचको हास्यास्पद कुराकानीलाई देखाइएको छ । यो भिडियो देखेर सबै जना छक्क परेका छन् ।

नातिले सोधेको प्रश्नमा हजुरआमाले दिएको जवाफले धेरैको ओठमा मुस्कान पनि ल्याइदिएको छ । जब नातिले हजुरआमालाई सोधे, ‘हजुरआमा हजुर स्वर्ग जानुहुन्छ कि नर्क ?’ यसको जवाफमा हजुरआमाले स्वर्ग जाने भनेर जवाफ फर्काइन् ।

उक्त भिडियो इन्स्टाग्राममा विभा शर्माको खातामार्फत सेयर गरिएको छ। यो भिडियोमा देख्न सकिन्छ कि नातिले हजुरआमालाई तपाईं स्वर्ग, वा नर्कमा जानुहुन्छ भनेर सोध्दा, हजुरआमा रिसाउँदै भनिन्, ‘म स्वर्गमा जान्छु नर्कमा किन जाने ?’ यसमा नातिले किन स्वर्ग जाने भनेर सोध्छन् ।

उनी भन्छिन्, ‘त्यहाँ मोबाइल नेटवर्क राम्रो छ । त्यहाँबाट म राम्रो फोटोहरू पठाउन सक्छु ।’ नातिले भने, ‘राम्रो, स्वर्गमा राम्रो नेटवर्क आउँछ भनेर तपाईंले देख्नुभएको छ ?’ हजुरआमा भन्छिन्, ‘हो, मैले देखेकी छु ।’ मानिसहरुले हजुरआमाको जवाफलाई धेरै मन पराएका छन् ।

जनवोली दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय