बुधबार , बैसाख १२, २०८१

“काठमाडौँ ।

कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज लन्च (शुभारम्भ) गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।”

“भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनािविरूद्ध खाेपकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएकाे छ ।”

“नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक-दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।”

“कोसिड- १९ काे मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएकाे बताएकाे थियाे ।”

“ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (DCGI) ले उक्त प्रयाेगका लागि अनुमति प्रदान गरेको हाे । कोरोनाका नयाँ केसहरुमा लगातार भएकाे वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएकाे थियो ।”

मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय