शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

यो महामा’रीमा मानिसको घुमफिर रोकिएको छ त्यसैले चराको प्राकृतिक वासस्थान नजिक रहेका धेरै मानिसले कहिल्यै नदेखेका चरा देख्न सक्दछन् । आफूहरु बन्दी भएको भए पनि चराले स्वतन्त्र रुपमा गीत गाएको, विचरण गरेको र हावामा कावा खाएको हेरेर रमाउन सक्छन् ।

चराले जस्तै गाउँन, उड्न र कावा खान आमन्त्रण गर्दै विगतमा झैं यो वर्ष पनि गत शनिवार विश्व आप्रवासी चरा दिवश मनाइयो । हरेक वर्षको मे ८ तारीकलाई विश्व आप्रवासी चरा दिवशका रुपमा मनाउने गरिन्छ । यस दिन विश्वमै आप्रवासी चराहरु र तिनिहरुको संरक्षणमा आवाज उठ्ने गर्छ ।

विश्वमा लाखौं अप्रवासी चरा प्रजननका लागि उपयुक्त स्थान वा अन्य स्थानमा पनि जाने गीत गाउने तथा कावा खाने गर्छन् ।
अरब चराहरु उड्दा गीत गाउने गर्दछन् केहिले प्रजनन्का समयमा यसो गर्दछन् । पंक्षीविद् हेम सागर बरालका अनुसार अहिले विश्वव्यापी रुपमै चराहरुको बसाई सरी हिंड्ने प्रचलनमा गिरावट आएको छ । नेपाल पनि यसको अपवाद हुन सक्दैन ।

“नेपालमा जाडो र गर्मी दुबै मौसममा चरा बसोबासका लागि आउथेँ । गर्मीको समयमा उत्तरबाट चरा बसाईसरी आउँछन् भने बर्षाको समयमा दक्षिणबाट बसाईसरी आउँछन्, गर्मीको समयमा भन्दा जाडो समयमा धेरै संख्यामा चरा बसाइँ सरी आउँछन् ”उहाँले भन्नुभयो ।

जाडोमा समयमा १५० प्रजातीका चराहरु नेपाल घुम्न आउँछन् जुन गर्मी समयका जम्मा ६० प्रजाती प्रजनन र तिनिहरुका बच्चा हुर्काउन मात्र आउने गर्दछन् ।

त्यस्तै गर्मी आउने चराहरु प्राय जुनसुकै ठाउँमा पनि पाईन्छन् । चराहरुलाई उपयुक्त वातावरण र संरक्षण क्षेत्रको आवश्यकता पर्दछ । तिनिहरु राम्रो संरक्षित क्षेत्रमा रहे भने राम्रोसँग हुर्कन र बच्चा पैदा गर्न सक्षम हुन्छन् । त्यसैले उनिहरु प्रायः राष्ट्रिय निकुञ्न र सुरक्षित स्थानमा रहन्छन् ।

गोरखापत्र अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय